सड़कहरूमा रोक लगाएको विरोधमा टोटो चालकहरूले गरे प्रदर्शन
सड़कहरूमा रोक लगाएको विरोधमा टोटो चालकहरूले गरे प्रदर्शन


सिलगढ़ी, 18 जून (हि.स.)। सिलगढ़ी शहरका विभिन्न महत्वपूर्ण सड़कहरू ई-रिक्शा (टोटो) सञ्चालन गर्नमाथि लगाइएको रोकको विरोधमा बिहीवार एयरभ्यु मोड़मा टोटो चालकहरूले व्यापक धरना प्रदर्शन गरे। यस आन्दोलनमा ‘सारा बङ्गाल ई-रिक्शा (टोटो) चालक यूनियन’- का सदस्यहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो। शहरका विभिन्न क्षेत्रहरूबाट आएका टोटो चालकहरू भेला भएर आफ्नो समस्याहरूलाई राखे।

प्रदर्शनकारीहरूको माग छ, पहिलाको जस्तो स्टिकर आधारित तय रूट व्यवस्थालाई पुनः लागू गरियोस्। चालकहरूको भनाइ छ, अचानक केही सड़कहरूमा टोटो चलाउनदेखि रोक लगाइएको कारणले उनीहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन्। केही चालकहरूले ऋण लिएर टोटो किनेका छन्, यस्तो स्थितिमा आयश्रोत नै बन्द भएपछि परिवार धान्न गाह्रो हुनेछ साथै किस्ता चुकाउनु पनि अप्ठ्यारो पर्नेछ।

प्रदर्शनकारीहरूले बताए, यस मुद्दालाई लिएर उनीहरूले पहिला नै एसडीओ कार्यालयमा ज्ञापन चढ़ाइसकेका छन्। साथै सिलगढ़ीका विधायक एवं राज्यका पर्यटन मन्त्री शङ्कर घोषलाई पनि भेट गर्ने प्रयास गरे, तर उनी कोलकातामा रहेको कारणले उनीसित भेट हुन सकेन। त्यसैले टोटो चालकहरूमा व्यापक असन्तुष्टि देखिएको छ। प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्, यदि चाँड़ै समस्याको समाधान नभए आगामी दिनमा उनीहरूले आन्दोलनलाई अझ चर्काउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande