
नयाँ दिल्ली, 19 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्ली सरकारद्वारा 18 देखि 20 जूनसम्म आयोजना गरिएको जनकल्याण शिविरहरूलाई राजधानीका नागरिकहरूको उत्साहजनक समर्थन प्राप्त भइरहेको छ। शिविरको पहिलो दिन 18 जूनका दिन राजधानीका 42 वटा कल्याण शिविरहरूमा 15,186 नागरिकहरूले विभिन्न सरकारी योजनाहरू, सेवाहरू तथा आफ्नो समस्याहरूको समाधानसित सम्बन्धित जानकारी प्राप्त गरे अनि आवश्यक प्रक्रियाहरूमा भाग लिए।
मुख्यमन्त्रीले जानकारी दिइन्, जन कल्याण शिविरहरूको पहिलो दिन नै राजधानीका सबै क्षेत्रहरूमा नागरिकहरूको उत्साहजनक सहभागिता देख्न पाइयो। 42 वटा केन्द्रहरूमा मानिसहरूले विभिन्नसरकारी योजना एवं सेवाहरूको जानकारी पार्पात गर्नको साथै आफ्नो समस्याहरू समाधान गर्नको लागि सम्बन्धित विभागहरूसित सम्पर्क गरे।
त्रिलोकपुरीस्थित सर्वोदय बाल विद्यालय केन्द्रमा सर्वाधिक 1,280 नागरिकहरू पुगे भने इस्ट लोनी रोड केन्द्रमा 874 तथा सावित्री नगर केन्द्रमा 841 नागरिकहरूको उपस्थिति दर्ता गरियो। यस अतिरिक्त नजफगढ़ स्टेडियम, गोयला डेयरी रोड औ पालम कलोनी सहित अनेकौं केन्द्रहरूमा पनि उल्लेखनीय उपस्थिति दर्ता गरियो।इन्द्रपुरी केन्द्रमा पनि सयकड़ौं नागरिकहरूले पुगेर विभिन्न योजना अनि सेवाहरूको सम्बन्धमा जानकारी हासिल गरे। यो व्यापक जनसहभागिताले दर्शाउँछ कि दिल्लीवासी घरको छेउमा उपलब्ध सरकारी सेवा तथा योजनाहरूको लाभ लिनका सक्रिय रूपमा अगाड़ि आइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा