अलिपुर चिड़ियाघरमा पानी भरियो, पाइपलाइन लीकेज पश्चात घटनास्थलमा पुगिन् मन्त्री अग्निमित्रा पाल
अलिपुर चिड़ियाघरमा पानी भरियो, पाइपलाइन लीकेज पश्चात घटनास्थलमा पुगिन् मन्त्री अग्निमित्रा पाल


कोलकाता, 19 जून (हि.स.)। महानगर कोलकातामा लगातार परिरहेको तीव्र पानीले अलिपुर चिड़ियाघरको एक भागमा पानी भरिएको छ। बताइए अनुसार चिड़ियाघर भएर बग्ने आदि गङ्गाको पानीको पाइपलाइन चुहिएको कारणले व्यापक रूपमा पानी जमिएको छ जसले गर्दा चिड़ियाघर परिसरको एक भाग प्रभावित भएको छ।

घटनाको सूचना पाएर राज्यकी नगर एवं शहरी विकास मन्त्री अग्निमित्रा पालले घटनास्थलमा पुगी स्थितिको जायजा लिइन्। मन्त्रीले बताइन्, बिहान कोलकाता म्युनिसिपल कर्पोरेशनका कमिश्नरले उनलाई फोन गरेर स्थिति बारे जानकारी गराए कि पाइपलाइनमा लीकेज भएको कारणले अलिपुर चिड़ियाघरमा पानी भरिएको छ। स्थितिलाई नियन्त्रण गर्नको लागि तत्काल म्युनिसिपल कर्पोरेशनको टीमलाई खटाइयो। दुई वटा ठूलो सक्शन वाहन र मोटर चालित पम्पहरूको सहयोगले तीव्र गतिमा पानी निकाल्ने काम शुरू गरियो। यस अतिरिक्त चिड़ियाघर प्रशासनद्वारा पनि अतिरिक्त मोटरहरूको माध्यमबाट पानी निकाल्ने व्यवस्था गरियो।

मन्त्रीले बताइन्, जलभराउको सबैभन्दा अधिक प्रभाव त्यस क्षेत्रमा देखियो जहाँ कङ्गारू र चिम्पाञ्जीलाई राखिएको छ। तथापि प्रशासनको पक्षबाट जनावरहरूको सुरक्षालाई प्राथमिकता दिँदै सबै आवश्यक कदम उठाइँदैछ।

प्रशासनलाई आशा छ, केही घण्टाभित्रमा चिड़ियाघर परिसरमा जमा भएको पानीलाई पूर्ण रूपले निकालिनेछ अनि स्थिति सामान्य हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande