
कामरूप (असम), 19 जून (हि.स.)। कामरूप (ग्रामीण) जिल्लान्तर्गत रङ्गियामा बितेको राती भएको सड़क दुर्घटनामा परी एउटै परिवारका तीन जना युवकहरूको घटनास्थलमै मृत्यु भयो।
पुलिस सूत्रले आज बताएको छ, बितेको राती द्रूत गतिको बाइक र द्रूत गतिको बोलेरो पिकअप वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। बाइकमा दुई जना युवक र एक जना किशोर सवार थिए।
मृतकहरूको पहिचान जुबैर हुसैन, नज़रुल सुल्तान औ सुल्तान अलीको रूपमा भएको छ। तीनमध्ये दुई दाज्यु-भाइ जुबैर हुसैन र नज़रुल सुल्तान देवलकुची हाई स्कूलको दशौ र आठौं कक्षाका छात्र थिए। तेस्रो मृतक किशोर सुल्तान अली यिनीहरूका आफन्त थिए।
भनिन्छ, रङ्गियाको यूसुफ नगरस्थित आफन्तको घरबाट विवाहको खबर लिएर तीनै दाज्यु-भाइ बाइक मार्फत खाँदीकरस्थित आफ्नो घर फर्किरहेका थिए। घर आइपुग्न केही टाड़ा रङ्गिया-नाग्रिजुली मार्गमा बाइक र डीआई पिकअपमाझ भयानक भिड़न्त भयो।
दुर्घटनापछि घटनास्थलमा पुगेको पुलिसले जाँच कार्य शुरू गर्दै राती नै वाहनका खलासी र चालकलाई पक्राउ गऱ्यो। यसबीच पुलिसले तीनै जनाको शवलाई राती नै पोस्टमर्टम गर्नको लागि पठाइदियो। यस घटनाको कारणले सम्पूर्ण क्षेत्र गहिरो शोकमा डुबेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा