
कोलकाता, 19 जून (हि.स.)। पश्चिम बङ्गालमा सप्ताहान्तपूर्व मौसमले स्वरूप फेरिसकेको छ। कोलकाता सहित दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा गए बिहीवार साँझदेखि नै पानी परिरहेको छ। अलिपुर मौसम विभागले शुक्रवार बतायो, शनिवार तथा आइतवार कोलकाता लगायत दक्षिण बङ्गालका धेरै वटा जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा जारी रहने सम्भावना छ। यसको प्रभावबाट आगामी तीन दिनसम्म दक्षिण बङ्गालको तापमान 2-3 डिग्री सेल्सियस घट्नसक्छ।
पछिल्लो केही दिनदेखिको कोलकाता सहित दक्षिण बङ्गालका अधिकांश भागहरूमा आद्रतापूर्व गर्मीले मानिसहरूलाई सताइरहेको थियो भने गए बिहीवार रातीदेखि शुक्रवार बिहानसम्म परेको पानीले मानिसहरूलाई राहत दिएको छ। मौसम विभागानुसार सप्ताहन्तसम्म यो राहत कायम रहनक्छ।
मौसम विभाग मुताविक शुक्रवार झाड़ग्राम, पश्चिम मेदिनीपुर, पश्चिम बर्धमान, पुरुलिया औ बाँकुड़ामा तापमान 38- 40 डिग्री सेल्सियसबीच रहनसक्छ। तथापि शनिवारदेखि राज्यका अधिकांश जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षासितै 30-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।
पूर्व बर्धमान, बीरभूम, मुर्शिदाबाद, नदिया, हुगली, पुरुलिया, बाँकुड़ा र उत्तर 24 परगनामा वज्रपात हुने आशङ्का अधिक रहेको बताइएको छ। साथै वर्षाको कारणले यी जिल्लाहरूमा तापमान घट्न सक्छ।
यता उत्तर बङ्गालमा अति भारी वर्षाको चेताउनी जारी गरिएको छ। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, कुचबिहार र जलपाईगुड़ीमा कतै-कतै अत्यधिक घना वर्षा हुनसक्छ। मौसम विभागले हिमाली क्षेत्रहरूमा पैह्रो जाने, तल्लो क्षेत्रमा पानी भरिने तथा नदिहरूको जलस्तर बढ़्ने आशङ्कालाई ध्यानमा राखेर सतर्क रहने सल्लाह दिएको छ।
यस अतिरिक्त शनिवार र आइतवार उत्तर दिनाजपुरमा घना वर्षा अनि मालदा, दक्षिण दिनाजपुर र उत्तर दिनाजपुरमा मेघ गर्जनसितै तीव्र वर्षा हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा