जलजमाउबीच घरभित्र भेटियो व्यक्तिको शव
जलजमाउबीच घरभित्र भेटियो व्यक्तिको शव


सिलगढ़ी, 19 जून (हि.स.)। सिलगढ़ीमा घना वर्षापछि सृजित जलजमाउको स्थितिबीच एकजना व्यक्तिको शव उसकै घरभित्र भेटियो। घटना वार्ट नम्बर 46, दार्जीलिङ मोड़को शिव नगर क्षेत्रमा भएको हो।

मृतकको पहिचान राकेश कुमार साह (42)-को रूपमा भएको छ जो मूल रूपमा बिहार निवासी थिए भने सिलगढ़ीमा परिवारसित बसेर अण्डा गोदाममा काम गर्दै आएका थिए।

स्थानीय मानसिहरू अनुसार गए बिहीवार राती घना वर्षाको कराणले क्षेत्रमा पानी भरिएको थियो। आशङ्का छ, सुतिरहेको अवस्थामा पानी भरिएको थाहा नपाएर उसको डुबेर मृत्यु भयो होला। शुक्रवार पानी घटेपछि उसको शव घरभित्र भेटियो।

सूचना पाएर प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अ्स्पतालमा पठाइदियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande