
दार्जीलिङ /सिलगढ़ी, 19 जून (हि. स.)। उत्तर बङ्गालमा लगातार भइरहेको घना वर्षाले स्थितिलाई अत्यन्त गम्भीर बनाइदिएको छ। खरसाङको दुधिया क्षेत्रमा बालासन नदीको तीव्र प्रवाहले अस्थायी पुल बगायो जसबाट सिलगढ़ी र मिरिकबीच सम्पर्क विच्छिन्न भएको छ। घटनाको सूचना पाएर दार्जीलिङका सांसद राजू बिष्ट घटनास्थलमा पुगे अनि स्थानीय मानिसहरूसित बातचित गरे।
उनले भने, प्रत्येक वर्ष बर्खा मासमा यहाँ नोक्सान हुन्छ। स्थायी समाधानको लागि बेली ब्रिज बनाउने मागलाई सेना अनि राज्य सरकार समक्ष पुऱ्याइनेछ। उनले अझ भने, प्रशासन र निर्माण विभाग (पीडब्ल्यूडी)-को टीम घटनास्थलमा तैनाथ छ।
अधिकारीहरूको भनाइ छ, जलस्तर घट्नसाथ मरम्मत कार्य शुरू गरिनेछ। अर्कोतिर दा र्जीलिङका जिल्लाधिकारी हरिशङ्कर पनिकरले पनि घटनास्थमा पुगेर स्थितिको जायजा लिए अनि स्थानीय मानिसहरूसित बातचित गरे। घना वर्षा तथा पैह्रोलाई मध्यनजर गर्दै दार्जीलिङ अनि कालेबुङमा पर्टयकहरूको लागि एडभाइजरी जारी गरिएको छ।
प्रशासनले सबै पर्यटकहरूसित अपील गरेको छ, उनीहरू सुरक्षित स्थानमा बसेर स्थानीय प्रशासनको निर्देशलाई पालन गरुन्।
-----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा