
कुचबिहार, 19 जून (हि.स.)। आवास योजना अन्तर्गत घर दिलाउने नाममा पैसा लिएको आरोपमा शुक्रवार कचबिहार एक ब्लकको पानीशाला ग्राम पञ्चायत क्षेत्रमा ठूलो बबाल भयो। पञ्चायत सदस्य सुनन्दा राय सरकारका पति चिरञ्जीत सरकारलाई घेरेर स्थानीय मानिसहरूले व्यापक विरोध प्रदर्शन गरे। साथै तिनीमाथि अण्डा फाले। मामिलाको शुरूआत त्यसबेला भयो जतिबेला स्थानीयमानिसहरूले चिरञ्जीत सरकारमाथि ‘कट मनी’ लिएको आरोप लगाए।
आरोप छ, उनले आवास योजना अन्तर्गत घर दिलाउने नाममा लाभार्थीहरूबाट पाँच-दश हजार रुपियाँसम्म लिएका थिए। लगातार बढ़्दो दबावबीच शुक्रवार उनले क्षेत्रमा एउटा शिविर आयोजना गरे जहाँबाट लाभार्थीहरूलाई पैसा फर्काउने प्रक्रिया शुरू गरियो। तथापि यो खबर फैलिनसाथ मानिसहरू रिसाए। ठूल सङ्ख्यामा मानिसहरू शिविर अगाड़ि भेला भएर चिरञ्जीत सरकारको विरोधमा नाराबाजी गरी उनीमाथि अण्डा फाले। यस घटनाको कारणले सम्पूर्ण क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। शिविरको काम पनि प्रभावित भयो।
स्थानीय मानिसहरूले माग गरेका छन् ‘अवैध असुली’ मामिलामा चिरञ्जीत सरकारविरूद्ध कड़ा कारबाही गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा