
कोलकाता, 19 जून (हि.स.)। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्ला अधिनस्थ डायमण्ड हार्बर पुलिस जिल्लामा एकजना प्रभावशाली पूर्व पुलिस अधिकारी मितुन कुमार डेविरूद्ध प्राथमिकी दर्ता गरिएको छ। मितुन कुमार डेलाई तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव औ डायमण्ड हार्बर बाट तीन पटक सांसद अभिषेक ब्यानर्जीका निकटवर्ती मानिन्छ।
सूत्र अनुसार यो प्राथमिकी डायमण्ड हार्बर नगरपालिकाका तृणमूल कङ्ग्रेस पार्षद डा. तमाल कुमार हलदारको सिकायतको आधारमा दर्ता गरिएको हो। सिकायतमा हलदारले आरोप लगाएका छन्, उनी आफ्नो सिकायत लिएर थानामा जाँदा तत्कालीन उपमण्डलीय पुलिस अधिकारी (एसडीपीओ) मितुन कुमार डेले उनीसित अमानवीय व्यवहार गरेका थिए।
हलदारको आरोप छ, डेले उनलाई लुगा खोलेर कुटे अनि बिजुलीको झट्का दिएर प्रताड़ित गरे। सिकायतमा यो पनि भनिएको छ, घटनालाई कभरेज गर्न पुगेका मीडियाकर्मीलाई पनि गम्भीर रूपमा प्रताड़ित गरिएको थियो।
डायमण्ड हार्बर पुलिस जिल्लाका एकजना अधिकारीले बताए, सिकायतको आधारमा मामिला दर्ता गरिएको छ भने जाँच अधिकारीले मितुन कुमार डेसित जाँचबुझ पनिगरिरहेका छन्।
मितुन कुमार डे पहिला डायमण्ड हार्बरका एसडीपीओ थिए। पछि उनलाई पदोन्नत गरेर डायमण्ड हार्बर पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक बनाइयो। विधानसभा चुनाउपूर्व भारत निर्वाचन आयोगले उनलाई पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर रेलवे पुलिस अधीक्षकको पदमा स्थानान्तरण गरिदिएको थियो।
मितुन कुमार डेको नाम विवादमा मुछिएको यो पहिलो घटना होइन। पछिल्लो महिना पनि दक्षिण 24 परगना जिल्लाको मोगराहाट पश्चिम विधानसभा क्षेत्रबाट तृणमूल कङ्ग्रेसका पूर्व विधायक तथा राज्य मन्त्रीमण्डलका पूर्व सदस्य गियासुद्दीन मोल्लाले स्थानीय थानामा अभिषेक ब्यानर्जी र मितुन कुमार डेविरूद्ध सिकायत दर्ता गराएका थिए।
हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ साथै सिकायतमा लगाइएका आरोपहरूको सत्यताको जाँच पनि गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा