उत्तर बङ्गालमा घना वर्षाले जनजीवन अस्त-व्यस्त, सड़क मार्ग र रेल सम्पर्क बाधित
उत्तर बङ्गालमा घना वर्षाले जनजीवन अस्त-व्यस्त, सड़क मार्ग र रेल सम्पर्क बाधित


सिलगढ़ी/दार्जीलिङ, 19 जून (हि.स.)। उत्तर बङ्गालमा रातभरि परेको मुसलधारे पानीले जनजीवनलाई पूर्ण रूपले प्रभावित पारेको छ। गए बिहीवार साँझदेखि शुक्रवार भोर बिहानसम्म पहाड़ एवं तराई क्षेत्रमा लगभग 200 मिलीलीटर वर्षा दर्ता गरियो जसबाट केही नदिहरूको जलस्तर द्रूत गतिमा बढ़्यो।

खरसाङको दूधिया क्षेत्रमा अवस्थित बालासन नदीमाथि बनिएको वैकल्पिक पुललाई पानीले बगाएको छ भने पैह्रोको कारणले राष्ट्रिय राजमार्ग- 110 पूर्ण रूपले बन्द भएको छ। यसले गर्दा सिलगढ़ीको दार्जीलिङ र मिरिकसित सम्पर्क विच्छिन्न भएको छ। प्रशासन अनुसार लगातार परेको पानीले गर्दा महानन्द नदी खतराको चिन्हदेखि माथि बगिरहेको छ। एनएच-110 का केही भागहरूमा ठूलो पैह्रो गएको छ। खरसाङदेखि सिलगढ़ी जाने तीन लेन सड़कको एक भाग धसिएको छ भने कैयौं ठाउँमा रूखहरू सड़क बीचमा ढलेको छ जसले गर्दा आवागमन पूर्ण रूपले बाधित भएको छ। तथापि सड़कलाई सफा गर्ने कार्य शुरू गरिएको छ। तर स्थिति सामान्य हुन समय लाग्नसक्छ।

स्थितिलाई केन्द्र गर्दै हिमालयन रेलवे (डीएचआर)-ले शुक्रवारको लागि सबै टोय ट्रेन सेवाहरूलाई रद्द गरिदिएको छ। डीएचआरका निदेशक ऋषण चौधरीले बताए, शनिवारदेखि दार्जीलिङ-खरसाङबीच सीमित सेवा बहाल गरिनसक्छ। राज्य प्रशासनले स्थितिमाथि लगातार नजर राखिरहेको छ। पर्यटन मन्त्री एवं सिलगढ़ीका विधायक शङ्कर घोषले भने, सम्पूर्ण स्थितिको जानकारी मुख्यमन्त्रीलाई दिइएको छ। अधिकारीहरूसित लगातार सम्पर्कमै छन्। उनले पर्यटकहरूसित अपील गरेका छन्, उनीहरू जहाँ भए पनि सुरक्षित बसुन् अनि प्रशासनको निर्देशलाई पालन गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande