
खरसाङ, 19 जून (हि.स.)। खरसाङ नगरपालिकाको आयोजनामा रन फर् योगा अन्तर्गत आज मिनी म्याराथनको आयोजना गरिएको छ। उक्त म्याराथन खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै आईएनए बस टर्मिनलसम्म पुगेर पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भएको थियो।
स्वास्थ्य र स्वच्छ परिवेशको लक्ष्य राखेर आयोजना गरिएको यस म्याराथनमा 120 जनाभन्दा अधिक साना साना नानीहरुदेखि लिएर बुजुर्गहरूले पनि भाग लिएका थिए। यस मिनी म्याराथनमा रोहिणी निवासी अजय राई प्रथम, आदर्श राई दोस्रो र मिनाल प्रसाद तेस्रो भए।
मिनी म्याराथन कार्यक्रमपछि खरसाङको रेलवे स्टेशन परिसरमा सञ्जय छेत्रीले सहभागी प्रतियोगीहरुलाई योगा पनि गराएको जानकारी खरसाङ नगरपालिकाका कार्यक्रम प्रभारी नोर्देन लामाले दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक