
शिवसागर (असम), 19 जून (हि.स.)। नाजिराको गढ़आली क्षेत्रमा गए बिहीवार अबेर राती वन विभागद्वारा राखिएको खोरमा एउटा विशाल चितुवा कैद भयो। यसबाट स्थानीय मानिसहरूले केही राहत पाए पनि क्षेत्रमा अन्य पनि चितुवाहरू हुनसक्ने आशङ्काले ग्रामीणहरू चिन्तित र त्रसित भएका छन्।
स्थानीयहरू अनुसार यो चितुवा पछिल्लो केही दिनदेखिको क्षेत्रमा घुमिरहेको थियो जसले पशुधनलाई लगातार क्षति पुऱ्याउँदै आइरहेको थियो। चितुवाको हमलाले ग्रामीणहरूमा भय व्याप्त भएको थियो जशपश्चात वन विभागले निगरानी बढ़ाउँदै खोर राखिदिएको थियो।
वन विभागद्वारा राखिएको खोरमा गए अबेर राती चितुवा फस्यो। सूचना पाउनसाथ वन विभागीय कर्मीहरूले बिहान घटनास्थलमा पुगेर चितुवालाई सुरक्षित कब्जामा लिई आवश्यक प्रक्रिया शुरू गरे।
चितुवालाई थुनिए पनि ग्रामीणहरूको भनाइ छ, वरपरका जङ्गल तथा बस्तीहरूको छेउमा अहिले पनि धेरै वटा चितुवाहरू बसेको हुनसक्छ। स्थानीय मानिसहरूले वन विभागसित क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गर्ने अनि निगरानी बढ़ाउने माग गरेका छन्।
वन विभागले मानिसहरूलाई सतर्क बस्ने तथा कुनै पनि वन्यजीवको गतिविधि थाहा पाए सूचना तुरून्तै अधिकारीहरूलाई दिने अपील गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा