
पश्चिम मेदिनीपुर, 19 जून (हि.स.)। आगामी अन्तर्राष्ट्रिय योग दिवसलाई लिएर जिल्लामा द्रूत गतिमा तयारी भइरहेको छ। जिल्ला प्रशासनले लगातार सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिरहेको छ। यसै क्रममा शुक्रवार बिहान दासपुर-2 प्रखण्ड प्रशासनको पहलमा बिहान 6 बजेदेखि विशेष योग जागरूकता पदयात्रा आयोजना गरियो। पदयात्रामा प्रशासनिक अधिकारीहरू, विभिन्न संस्थानहरूका प्रतिनिधिहरू तथा स्थानीय मानिसहरूले भाग लिएर योगलाई दैनिक जीवनमा अप्नाउने सन्देश दिए।
जिल्लाको बालिचकस्थित भजहरी हाई स्कूलको पहलमा पाँच किलोमीटर दौड़ प्रतियोगिताको आयोजन गरिँदैछ। प्रतिभागीहरूलाई उत्साहित पार्नका लागि डेबराका बीडीओ प्रियव्रत राड़ीले शुक्रवार बिहान 6 बजेदैखी नै मैदानमा उपस्थित भएर खेलाड़ीहरूको मनोबल बढ़ाइरहेका छन्।
यसअघि गए बिहीवार मेदिनीपुर पुलिस लाइन मैदानमा पश्चिम मेदिनीपुर जिल्ला पुलद्वारा विशेष योगाभ्यास एवं प्रशिक्षण शिविर आयोजना गरिएको खियो जसमा जिल्लाधिकारी, जिल्ला पुलिस अधीक्षक सहित केही वरिष्ठ अधिकारीगण अनि विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए।
प्रशासनिक सूत्र अनुसार आगामी 21 जूनका दिन अन्तरराष्ट्रीय योग दिवसको अवसरमा मेदिनीपुर शहरस्थित कलेज मैदानमा व्यापक स्तरमा मुख्य कार्रयक्रम आयोजना गरिनेछ। यसमा प्रशासनका विभिन्न विभाग, पुलिसकर्मी, विद्यार्थी तथा सर्वसाधारण मानिसहरू सहभागी बन्ने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा