
हुगली, 19 जून (हि.स.)। पश्चिम बङ्गाल दिवसको अवसरमा 20 जूनका दिन तारकेश्वरमा आयोजना भइहेको राज्य सरकारको विशेष कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी तथा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित हुने सम्भावना छ। यस कार्यक्रमको लागि आरामबाग महकुमाका विभिन्न क्षेत्रहरूबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई तारकेश्वर लैजाने तयारी गरिएको छ जसले गर्दा सामान्य बस सेवामाथि प्रभाव पर्ने आशङ्का गहिरिएो छ। प्रशासनले अधिकांश बसहरूलाई कार्यक्रमको लागि तैनाथ गरिरहेको छ। फलस्वरूप शुक्रवार साँझदेखि नै कतिपट रूटहरूमा बसहरूको सङ्ख्या घट्ने सम्भावना छ भने अधिकांश बसहरू सड़कबाटै विलाउने आशङ्का व्यक्त गरिँदैछ। यसले गर्दा आम यात्रीहरूलाई ठूलो असुविधा हुनेछ।
पुरशुड़ाका भाजपा विधायक विमान घोषले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनलाई लिएर मानिसहरूमा व्यापक उत्साह देखिएको छ। मानिसहरू स्वेच्छाले नै तारकेश्वर जान चाहन्छन्। उनले अझ बताए, बसहरू लगायत स-साना वाहनहरूको पनि व्यवस्था गरिएको छ। साथै यात्रीहरूको असुविधालाई ध्यानमा राखेर केही बसहरूलाई नियमित रूपमा सञ्चालन गर्ने प्रयास गरिँदैछ। उनले यो पनि भने, रेल सेवा उपलब्ध रह्यो भने मानिसहरूले वैकल्पिक सुविधा पाउनेछन्।
हुगली इन्टर रीजन बस मालिक सङ्घका सचिव गौतम धुलेले बताए, प्रशासनले सङ्गठनका केही बसहरूलाई कार्यक्रमको लागि अधिग्रहित गरेको छ। यस अतिरिक्त अन्य जिल्लाहरूबाट पनि बसहरू मगाइँदैछ। शुक्रवार साँझदेखिकै धेरै वटा बसहरू आफ्नो नियमित मार्गबाट हराउनेछन् भने शनिवार अधिकांश बसहरूलाई नै सड़कमा देखिनेछैन।
आरामबाग बस-मिनीबस अपरेटर्स वेलफेयर एसोसिएशनकी सचिव मधुमिता भट्टाचार्यले भनिन्, प्रशासनको निर्देशानुसार बसहरूलाई शुक्रवार साँझदेखि रिपोर्टिङ्ग गर्न भनिएको छ जसबाट सामान्य यात्री सेवा प्रभावित हुनेछ। तथापि सङ्गठनले केही महत्वपूर्ण रूटहरूमा सीमित सङ्ख्यामा बसहरूलाई सञ्चालन गर्ने प्रयास गरिँदैछ।
तृणमूल कङ्ग्रेसकेा नेता पलाश रायले भने, अतीतमा ठूल्ठूला राजनीतिक वा प्रशासनिक कार्यक्रमहरू हुँदा पनि आम जनताको लागि केही बसहरूलाई छोड़िन्थ्यो। न्यूनतम परिवहन सुविधा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो र यस दिशामा ध्यान दिइनुपर्छ। विशेष चिन्ताको कुरा के छ भने शनिवार जमाई षष्ठीको पर्व परेको छ। यस अवसरमा धेरै जना मानिहरू आफन्तको घरमा आउने-जाने गर्दछन्। यस्तो स्थितिमा बसहरूको अभावले यात्रीहरूको समस्या बढ़्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा