
सिलगढ़ी, 19 जून (हि.स.)। अविरल वर्षाको कारणले सिलगढ़ी नगरनिगमको वार्ड नम्बर 46- को स्थिति सोचनीय भएको छ। पानी जमिएर आम जनजीवन पूर्ण रूपले प्रभावित भएको छ जसबाट असन्तुष्ट स्थानीय मानिसहरूले शुक्रवार पार्षदको विरोधमा प्रदर्शन गरे।
आरोप छ, वार्डका पार्षद दिलीप बर्मनलाई यस सङ्कटको समयमा क्षेत्रमा देखिएको छैन। गए बिहीवार रातीदेखि नै मानिसहरू उनीहरूको घर बाहिर पुगेर सम्पर्क गर्ने प्रयास गरिरहेका छन्, तर कुनै प्रतिक्रिया आएको छैैन।
शुक्रवार बिहान आक्रोशित स्थानीय मानिसहरू तथा भाजपा कार्यकर्ताहरूले एकजुट भएर पार्षदको घर अगाड़ि प्रदर्शन गरे। प्रदर्शनकारीहरूले चम्पासरी रोडलाई जाम गरेर विरोध गरे जसले गर्दा केही समयसम्म यातायात पूर्ण रूपले प्रभावित भयो।
स्थानीयहरूको भनाइ छ, प्रत्येक वर्ष वर्षामा यो समस्या हुन्छ, तर जल निकासीको कुनै स्थायी व्यवस्था गरिएको छैन। यसपालि पनि स्थिति बेहाल भएको छ। मानिसहरू पानीमा फसेका छन्।
तथापि केही समयपछि प्रदर्शन समाप्त भए पनि मानिसहरूले स्पष्ट रूपमा चेताउनी दिएका छन्, यदि चाँड़ै जल निकासीको समस्या समाधान नगरिए आन्दोलन अझ उग्र हुनेछ।
हाल पार्षदसित सम्पर्क हुन सकेको छैन। स्थानीय मानिसहरूले प्रशासनसित तुरून्त हस्तक्षेप गरी राहत कार्य शुरू गर्ने माग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा