मनसुनपूर्व सड़क व्यवस्थालाई मजबुत बनाउने निर्देश
मनसुनपूर्व सड़क व्यवस्थालाई मजबुत बनाउने निर्देश


सदिया (असम), 19 जून (हि.स.)। सदियाका सह-जिल्ला आयुक्त (सीडीसी)-ले सड़क सुरक्षालाई लिएर सम्बन्धित विभागहरूसित समीक्षा बैठक गरे। बैठकमा उनले मनसुनपूर्व दुर्घटनाग्रस्त तथा संवेदनशील स्थलहरूमा सङ्केतक बोर्ड, रिफ्लेक्टर एवं अन्य सुरक्षा उपकरण शीघ्र स्थापित गर्ने निर्देश दिए।

बैठकमा सड़क किनारको दृश्यता बाधित गर्ने अवैध होर्डिङ्ग, झाड़ी औ अन्य अवरोधलाई हटाउने, क्षतिग्रस्त सड़कहरूको मरम्मत, स्पष्ट सड़क चिह्नाङ्कन तथा सुरक्षा व्यवस्थाहरूलाई मजबुत बनाउनेमाथि बल दिइयो। साथै ओभरस्पीडिङ्ग, रक्सी खाएर वाहन हाँक्ने अनि नाबालिकहरूद्वारा वाहन चलाएको मामिलामा कड़ा कारबाही गर्ने निर्देश पनि जारी गरियो।

विद्यालय क्षेत्रहरूको सुरक्षालाई विशेष प्राथमिकता दिँदै नियमित वाहन जाँच अभियान सञ्चालन गर्ने, जागरूकता कार्यक्रम आयोजना गर्ने तथा पुलिस, परिवहन र शिक्षा विभागबीच समन्वय बढ़ाउने निर्देश दिइयो। सड़क दुर्घटनाहरूलाई न्यून गर्न तथा यातायात व्यवस्थालाई उत्कृष्ट बनाउनको लागि संयुक्त निरीक्षण एवं प्रवर्तन अभियानलाी तीव्रता दिनेमाथि पनि बल दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande