
नयाँ दिल्ली, 19 जून (हि.स.)। 12औं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा दिल्ली नगरनिगम (एमसीडी)- को मुख्यालय, सिभिक सेन्टरको प्राङ्गणमा शुक्रवार योग कार्यक्रम आयोजना गरियो। नगरनिगमको यस वर्षको योग दिवसको थीम रहेको छ- 'योग फर हेल्दी एजिङ्ग'।
यस अवसरमा एमसीडीको स्थायी समितिकी अध्यक्ष सत्या शर्मा, एमसीडीमेा आयुष विभागका निदेशक हरिश कश्यप एवं दिल्ली नगर निगमका अधिकारी उपस्थित थिए।
योग सत्रको शुभारम्भ प्रातःकाल सूर्य नमस्काबाट भयो जसोपरान्त विभिन्न योगासान, प्राणायाम तथा ध्यान क्रियाहरू गरियो। यस अवसरमा स्थायी समितिकी अध्यक्ष सत्या शर्माले पनि योगाभ्यास गरिन्।
अध्यक्ष सत्या शर्माले नागरिकहरूसित अपील गरिन्, उनीहरू सुस्वास्थ्यको लागि योगसित जोड़िउन् तथा आफ्नो परिवारलाई पनि जोड़ुन्। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको अथक प्रयासको कारणले योगलाई अन्तर्राष्ट्रिय पटलमा ख्याति प्राप्त भएको छ एवं विश्वका 180 भन्दा अधिक देशहरूमा योगलाई नयाँ पहिचान प्राप्त भएको छ।
सत्या शर्माले भनिन्, योग हाम्रो सांस्कृतिक एवं परम्परासित जोड़िएको प्राचीन शास्त्र हो। सबैले यसलाई आफ्नो दिनचर्याको अङ्ग बनाेर आफ्नो स्वस्थ्यको ध्यान राख्न सक्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा