वरिष्ठ तृणमूल नेता आलोक चक्रवर्तीले मेयर पदबाट दिए राजीनामा
वरिष्ठ तृणमूल नेता आलोक चक्रवर्तीले मेयर पदबाट दिए राजीनामा


सिलगढ़ी, 19 जून (हि.स.)। सिलगढ़ीमा तृणमूल कङ्ग्रेसलाई फेरि अर्को ठूलो झट्का लागेको छ। शुक्रवार गौतमदेवलेमेयर पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै अब पार्टीका वरिष्ठ तथा प्रभावशाली नेता आलोक चक्रवर्तीले पनि तृणमूल कङ्ग्रेसको प्राथमिक सदस्यताबाट राजीनामा दिएका छन्।

सूत्र अनुसार आलोक चक्रवर्तीले शुक्रवार अपरान्ह आफ्नो राजीनामा दार्जीलिङ जिल्ला (समतल)- का तृणमूल अध्यक्ष कुन्तल रायलाईई पठाए। केही घण्टाभित्रै पार्टीका दुई जना शीर्ष नेताहरूले यसरी अचानक राजीनामा दिनाले सिलगढ़ीको राजनीतिक गल्लीहरूमा भुइँचालो नै आएको छ।

आलोक चक्रवर्ती लामो समयसम्म तृणमूल कङ्ग्रेसका ‘राज्य सचिव’ जस्तो महत्वपूर्ण पदमा रहिसकेका छन्। यस अतिरिक्त उत्तर बङ्गालमा पार्टीको श्रमिक सङ्गठनको कमान पनि लामो समयसम्म उनकै हातमा थियो।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, सङ्गठनमा मजबुत पकड़ राख्ने तथा अनुभवी नेताको यस्तो फसेलाले सिलगढ़ीमा तृणमूल कङ्ग्रेसको धरातल कमजोर हुनसक्छ। तथापि उनीहरूले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट हुनसकेको छैन जसले गर्दा अड़कलहरू तीव्र भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande