
कोलकाता, 19 जून (हि.स.)। आगामी आइतवार महानगर कोलकातामा आयोजित अन्तरराष्ट्रिय योग दिवस समारोहलाई मध्यनजर गर्दै कोलकाता मेट्रो प्रबन्धनले बिहान नौ बजीको सट्टा सवेरै चार बजीदेखि यातायात शुरू गर्ने घोषणा गरेको छ। यसै दिन परेको नीट परीक्षालाई ध्यानमा राखेर अतिरिक्त ट्रेनहरूलाई सञ्चालनमा ल्याउने निर्णय लिइएको छ।
कोलकाता मेट्रो रेल प्रबन्धनको पक्षबाट दिइएको जानकारी अनुसार आइतवार कोलकाताको ब्लू लाइन, ग्रीन लाइन तथा यल्लो लाइनमा विशेष परिसेवा पाइनेछ। मेट्रो रेलले बताएको छ, यो विशेष परिसेवा ती मानिसहरूको सुविधाको लागि गरिएको हो जो आइतवार रेड रोडमा अन्तरराष्ट्रिय योग दिवस समारोहमा सामेल हुनका लागि जानेछन्।
प्राप्त जानकारी अनुसार, आगामी आइतवार ब्लू लाइनमा मोठ 214 मेट्रो सर्भिसलाई सञ्चालनमा ल्याइनेछ जसमा 107 अप र 107 डाउन सर्भिस हुनेछ। आइतवार बिहान चार बजीदेखि आठ बजीसम्म ब्लू लाइनमा मेट्रो अप र डाउन दुवै दिशामा 15 मिनटको अन्तरालमा चल्नेछ।
आइतवार ग्रीन लाइनमा मोठ 173 मेट्रो ट्रेनहरू चल्नेछन् जसमध्ये 87 अप र 86 डाउन सर्भिस हुनेछन्। बिहान चार बजीदेखि नौ बजीसम्म ग्रीन लाइनमा मेट्रो दुवै दिशामा 15 र 10 मिनटको अन्तरालमा चल्नेछ। त्यसपछि आइतवार सामान्य परिसेवा पाइनेछ।
यल्लो लामा पनि मेट्रोको सङ्ख्यालाई बढ़ाइएको छ। योग दिवसमा यस रूटमा 112 मेट्रो ट्रेन चल्नेछन् जसमा 56 अप र 56 डाउन सर्भिस हुनेछन्। सामान्यतः आइतवार यल्लो लाइनमा 78 सर्भिस सञ्चालन हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा