गर्मीबाट राहतः विद्यार्थीहरू यूनिफर्म बिनै स्कूल जान सक्नेछन्
गर्मीबाट राहतः विद्यार्थीहरू यूनिफर्म बिनै स्कूल जान सक्नेछन्


कामरूप (असम), 19 जून (हि.स.)। भीषण गर्मीमा विद्यार्थीहरूलाई राहत पुऱ्याउने उद्देश्यले कामरूप जिल्ला शिक्षा अधिकारीले महत्वपूर्ण निर्देश जारी गरेको छ। निर्देश अनुसार अब विद्यार्थीहरू स्कूलको यूनिफर्म बिनै विद्यालय जान सक्नेछन्। यो व्यवस्था तत्काल प्रभावले लागू गरिएको छ।

जारी आदेशमा स्पष्ट रूपमा भनिएको छ, यूनिफर्मको नाममा कुनै पनि विद्यार्थीलाई विद्यालयमा आउनदेखि रोक्न सकिँदैन, न त उनीहरूमाथि कुनै प्रकारको दबाव दिनसकिन्छय़ बढ़्दो गर्मीलाई ध्यानमा राखेर विद्यार्थीहरूको स्वास्थ्य अनि सुविधालाई प्राथमिकता दिँदै यो निर्णय लिइएको हो।

शिक्षा विभागले यो पनि स्पष्ट पारेको छ, यो निर्देश सरकारी विद्यालयहरूसम्म मात्र सीमित रहनेछैन जबकि निजी विद्यालयहरूले पनि यसलाई पालन गर्नुपर्छ। सबै शैक्षणिक संस्थानहरूलाई आदेशको कड़ाईपूर्वक पालनलाई सुनिश्चित गर्न भनिएको छ।

उल्लेखनीय छ, असममा पहिलो पटक यस किसिमको व्यवस्था लागू गरिएको छ। अभिभावक अनि विद्यार्थीहरूले यस फसेलालाई स्वागत गर्दै यसलाई विद्यार्थीहरूको हितमा उठाइएको महत्वपूर्ण कदम बताएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande