छात्रमाथि कुटपिट गरेको आरोप शिक्षकमाथि
छात्रमाथि कुटपिट गरेको आरोप शिक्षकमाथि


कुचबिहार, 19 जून (हि.स.)। जिल्लाको मेखलीगञ्ज क्षेत्रस्थित उचुलपुकुरी प्राथमिक विद्यालयमा एकजना शिक्षकमाथि तेस्रो कक्षाको छात्रलाई लौरोले कुटेको आरोप लागेको छ। घटनाको विरोधमा शुक्रवार अभिभावकहरूले स्कूलमा व्यापक प्रदर्शन गरे।

अभिभावकबरू अनुसार बिहीवार मध्यान्ह भोजन अवधि सहायक शिक्षक मिहिर साहाले छात्र परवेज मियाँलाई लौरोले पीठ्यूँमा कुटे। घरमा पुगेर छात्रले रूँदै सम्पूर्ण घटनाक्रम परिवारलाई बतायो। त्यसपछि घटनाको विरोधमा शुक्रवार अभिभावकहरूले स्कूलमा व्यापक प्रदर्शन गरे।

उनीहरूको भनाइ छ, गल्ती भए अभिभावकहरूलाई बोलाएर कुरा गर्नुपर्थ्यो, यसरी कुट्नु हुँदैनथ्यो।

अर्कोतिर शिक्षक मिहिर साहाको भनाइ छ, छात्रले हल्ला गरिरहेको थियो। कैयौं पटक सम्झाउँदा पनि नमानेपछि उनले यो कदम उठाए। स्कूलका प्रधानाध्यापक पार्थ दासले पनि भने, अनुशासनलाई कायम राख्नको लागि शिक्षकले छात्रलाई कुटेका थिए। उनले घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भविष्यमा यस्ता घटनाहरू नदोहोऱ्याउने चेताउनी दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande