कोलकातामा 'रन फर योग' -को आयोजन, मुख्यमन्त्री एवं केन्द्रिय मन्त्रीले देखाए झण्डी
कोलकातामा 'रन फर योग' -को आयोजन, मुख्यमन्त्री एवं केन्द्रिय मन्त्रीले देखाए झण्डी


कोलकाता, 20 जून (हि.स.)। पश्चिम बङ्गालमा आगामी 21 जूनका दिन हुन गइरहेको अन्तर्राष्ट्रिय योग दिवसपूर्व कोलकातामा शुक्रवार बिहान 'रन फार योग 2026' कार्यक्रम आयोजना गरियो। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा केन्द्रिय आयुष मन्त्री प्रतापराव जाधवले संयुक्त रूपमा यस दौड़लाई हरियो झण्डा देखाएर प्रस्थान गराए।

लगभग दुई किलोमीटर लामो यो दौड़ कोलकाता नगरनिगम मुख्यालयदेखि शुरू भएर राइटर्स बिल्डिङ्गसम्म आयोजना गरियो। मुख्यमन्त्री तथा केन्द्रिय मन्त्रीले सयकड़ौं नागरिकहरूको साथमा यसमा भाग लिए। फिटनेस, स्वास्थ्य औ योगप्रति जागरूकता बढ़ाउने उद्देश्यले शहरका विभिन्न भागहरूमा 11 वटा योग दौड़को आयोजन गरियो।

यस वर्ष अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय स्तरको कार्यक्रमको आतिथ्य पश्चिम बङ्गालले गरिरहेको छ। 21 जूनमा कोलकाताको रेड रोडमा आयोजना हुने मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले योग सत्रको नेतृत्व गर्नेछन्। यस वर्ष योग दिवसको थीम एक पृथ्वी, एक स्वास्थ्यको लागि योग राखिएको छ।

कार्यक्रममा राज्यका खेल मन्त्री इन्द्रनील खान, शहरी विकास मन्त्री अग्निमित्रा पाल, उद्योग मन्त्री तापस राय, प्रसिद्ध टेनिस खेलाड़ी लिएण्डर पेस, राज्य सरकार र कोलकाता नगरनिगमका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

केन्द्रिय मन्त्री प्रतापराव जाधवले सामाजिक माध्यममा भने, मुख्यमन्त्री शुभेन्दु अधिकारीसित मिलेर उनले कोलकाता नगरनिगमदेखि राइटर्स बिल्डिङ्गसम्म आयोजित म्याराथनलाई हरियो झण्डा देखाए। उनले बताए, कार्यक्रम 'स्वच्छताबाट स्वागत कार्यक्रम' अन्तर्गत आयोजना गरियो जसमा स्वास्थ्य, स्वच्छता औ नागरिक जिम्मेवारीको सुन्दर समन्वय देख्न पाइयो।

दौड़पछि केन्द्रिय मन्त्रीले लिएण्डर पेस र अन्य गणमान्य व्यक्तिहरूको साथमा योग सत्रमा पनि भाग लिए।

यस अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, योग आज एउटा वैश्विक आन्दोलन बनिसकेको छ जसले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन औ स्वस्थ जीवनशैलीलाई प्रेरित गर्छ। उनले मानिसहरूसित योगलाई आफ्नो दैनिक जीवनको अङ्ग बनाउने आह्वान गरे।

मुख्यमन्त्रीले भने, सिटी अफ जय कोलकाता फिटनेस तथा स्वास्थ्यको लागि दौड़िरहेको छ। 'रन फर योग' जस्तो पहल स्वास्थ्य, स्वच्छता, नागरिक उत्तरदायित्व औ समग्र कल्याणका मूल्यहरूलाई एकसाथ जोड़्छ। उनले नागरिकहरूसित उत्साहपूर्ण सहभागिताको सराहना गर्दै भने, मानिसहरूको ऊर्जा तथा सहयोग प्रेरणादायक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande