
-बङ्गालमा भारी वर्षाको चेताउनी जारी
कोलकाता, 19 जून (हि.स.)। पश्चिम बङ्गालमा मनसुनले गति समातेको छ। शुक्रवार बिहानदेखिकै कोलकाता सहित राज्यका विभिन्न भागहरूमा मुसलधारे वर्षा तथी हुन्डरीको सिलसिला जारी छ। यसबीच वज्रपातको चपेटमा परी कोलकाता एयरपोर्टका तीन जना ग्रााउण्ड स्टाफ गम्भीर रूपमा घाइते भए जसको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
एयरपोर्ट सूत्र अनुसार दुर्घटना त्यसबेला भयो जतिबेला एमिरेट्स एयरलाइन्सको एउटा उड़ानबाट यात्रीहरूको सामान उतारिँदैथ्यो। घाइते कर्मचारीहरूमा एकजना एमिरेट्स एयरलाइन्सका कर्मचारी तथा दुई जना इण्डिगो एयरलाइन्सका ग्राउण्ड स्टाफ सामेल छन्। घटनापछि तत्कालै सबै घाइतेहरूलाई एयरपोर्ट परिसरमा अवस्थित मेडिकल रूममा लगियो जहाँ उनीहरूको उपचार शुरू गरियो।
अर्कोतिर उत्तर बङ्गालको स्थिति अझ गम्भीर भएको छ। अविरल वर्षाका कारणल धेरै वटा स्थानहरूमा पैह्रो गएको समाचार प्राप्त भएको छ। बालासन नदीको जलस्तर बढ़ेर राष्ट्रिय राजमार्ग-110 का धेरै वटा ठाउँमा क्षतिग्रस्त भएको छ जसले गर्दा मिरिक र सिलगढ़ीबीच सड़क सम्पर्क बाधित भएको छ। अर्कोतिर महानन्द क्षेत्रमा पैह्रो गएको कारणले सिलगढ़ी-खरसाङ मार्गमा पनि यातायात प्रभावित भएको छ।
यसबीच अलिपुर मौसम विभागले राज्यको लागि अग्रिम चेताउनीजारी गरेको छ। मौसम विभागानुसार आगामी केही दिनसम्म उत्तर बङ्गाल र दक्षिण बङ्गालका केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षाको सिलसिला जारी रहनेछ। केही स्थानहरूमा अति भारी तथा उत्तर बङ्गालका केही भागहरूमा अत्यधिक वर्षा हुने सम्भावना छ।
मौसम वैज्ञानिकहरू अनुसार बङ्गालको खाड़ीबाट लगातार प्रचुर मात्रामा जलवाष्पले राज्यमा प्रवेश गरिरहेको छ। साथै मनसुनी अक्ष रेखाको अनुकूल स्थिति भएको कारणले वर्षाको गतिविधि तीव्र भएको हो। दक्षिण बङ्गालमा वर्षासितै तीव्र हावा तथा वज्रपात पर्ने सम्भावना व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा