बीयर खाएर पति घर फर्किँदा रिसाएकी पत्नीले खाइन् विष, अवस्था गम्भीर
बीयर खाएर पति घर फर्किँदा रिसाएकी पत्नीले खाइन् विष, अवस्था गम्भीर


नोएडा, 19 जून (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाको नोएडामा पति रक्सी खाएर फर्किएपछि रिसाएकी पत्नील विष खाएर आत्महत्या गर्ने प्रयास गरिन्। केही महिनाअघि यी दम्पतीको प्रेम विवाह भएको थियो। महिलालाई उपचारका लागि गम्भीर अवस्थामा नोएडा जिल्ला अस्पतालमा भर्ती गरिएको छ।

थाना फेस-2 का प्रभारी निरीक्षक राघवेन्द्र कुमार सिंहले सेक्टर 81 निवासी हिमांशी (19) ले केही महिनाअघि शीलुसँग प्रेम विवाह गरेको बताए। उनीहरू दुवै सेक्टर 81 मा बस्छन्। शीलु कार चालकको रूपमा काम गर्छन्। उनी बियर पिएर राति घर फर्किए। यसले हिमांशीलाई निःराश बनायो र उनले विष खाइन्। उनका पतिले उनलाई गम्भीर अवस्थामा उपचारको लागि नोएडा जिल्ला अस्पतालमा भर्ती गरे। थाना प्रभारीले यस विषयमा अनुसन्धान गरिरहेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande