घरभित्रै झुण्डिरहेको अवस्थामा भेटियो विवाहिताको शव, जाँच शुरू
घरभित्रै झुण्डिरहेको अवस्थामा भेटियो विवाहिताको शव, जाँच शुरू


खड़गपुर, 19 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना अन्तर्गत सुन्दरपुर गाउँमा शुक्रवार बिहान एकजना विवाहिताको शव संदिग्ध अवस्थामा घरभित्रै गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटिएको घटनाले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। मृतकाको पहिचान सुस्मिता प्रधान (27)- को रूपमा भएको छ जो सुन्दरपुर गाउँकी निवासी थिइन्।

परिवार तथा पुलिस सूत्र अनुसार शुक्रवार बिहान घरभित्र सुस्मिताको शवलाई झुण्डिरहेको भेटियो। दाँतन थाना पुलिसलाई घटनाको सूचना दिइयो। त्यसपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई प्रारम्भिक जाँच शुरू गऱ्यो। मृत्युको कारणलाई लिएर स्थिति स्पष्ट नभएको कारणले पुलिसले अस्वभाविक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदिएको छ। पुलिस अधिकारीहरूको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारण खुलासा हुनेछ। हाल पुलिसले सबै पक्षहरूलाई ध्यानमा राखेर मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande