
उज्जैन, 19 जून (हि.स.)। शुक्रवार बिहान क्रिकेट खेलाड़ी यजुवेन्द्र चहलले ज्योतिर्लिङ्ग भगवान महाकालेश्वरको प्रातः कालीन भस्म आरतीमा दर्शन लाभ लिए। उनले चर्चामा भने, यहाँ आउने अनुरोध उनलाई धेरै जना साथीहरूले गरे। आज सौभाग्य प्राप्त भयो। अर्को अलग्गै अनुभव प्राप्त भयो जसलाई बयान गर्न सकिँदैन। मन्दिर प्रबन्ध समितिको व्यवस्था धेरै राम्रो थियो। श्री महाकालेश्वर मन्दिर प्रबन्ध समिको पक्षबाट सहायक प्रशासक आशिष फलवाड़ियाद्वारा यजुवेन्द्र चहललाई स्वागत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा