पीआईबी गान्तोकद्वारा ‘12 साल- विश्वास के, विकास के, जन-कल्याण के’ विषयमाथि ‘वार्ता’ मिडिया अन्तरक्रिया आयोजित
पीआईबी गान्तोकद्वारा ‘12 साल- विश्वास के, विकास के, जन-कल्याण के’ विषयमाथि ‘वार्ता’ मिडिया अन्तरक्रिया आयोजित


गान्तोक, 19 जून (हि.स.)। पत्र सूचना कार्यालय, गान्तोकले आज गान्तोकमा '12 साल- विश्वास के, विकास के, जन-कल्याण के' विषयमा ‘वार्ता’ नामक एक दिवसीय मिडिया अन्तर्क्रिया सत्र आयोजन गऱ्यो। यस कार्यक्रममा क्षेत्रीय मिडिया पत्रकार, शिक्षाविद्, एमआईबी अधिकारी र राज्य मिडिया अधिकारीहरू एउटै मञ्चमा आए, ताकि भारतमा केन्द्र सरकारको शासनको 12 वर्षको परिवर्तनकारी यात्राको बारेमा खुलेर चर्चा गर्न सकियोस्।

सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आलेले कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागिता जनाइन् भने सिक्किमका मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

शुरुआतमा, पीआईबी र आकाशवाणी समाचार गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले आफ्नो स्वागत भाषणमा गणमान्य व्यक्ति र मिडिया समुदायका सदस्यहरूप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमको एजेन्डाको बारेमा संक्षिप्त विवरण प्रस्तुत गरे।

मिडियाकर्मीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रेस सचिव तामाङले भने, “2014 देखि हालसम्म पछिल्ला 12 वर्षमा केन्द्र सरकारका उपलब्धिहरू यति व्यापक छन् कि तिनीहरूलाई एक छोटो कार्यक्रममा पूर्ण रूपमा सारांशित गर्न सकिँदैन, तर तिनीहरूले कार्यमा ‘सुशासन’ लाई प्रतिबिम्बित गर्छन्।” उनले सिक्किम र यसका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेकोमा बधाई दिए। रूपान्तरणका उदाहरणहरू उद्धृत गर्दै तामाङले भने, “मैले 2014 पछि एमएसएमई र स्टार्टअप पारिस्थितिकी तन्त्रमा आएको जीवन्त परिवर्तन देखेको छु।” उनले यूपीआईको जमिनी स्तरको विस्तार र अपनाउने कुरालाई जीवनलाई सहज बनाउने दिशामा एक ठूलो परिवर्तनको रूपमा प्रकाश पारे, जसको प्रयोग अहिले ट्याक्सी अपरेटर र साना पसलेहरूमा पनि सामान्य छ। उनले उल्लेख गरे अनुसार, यस्ता परिवर्तनहरूले भारतलाई विश्वको चौथो सबैभन्दा ठूलो अर्थतन्त्र बन्न योगदान पुऱ्याएका छन्। केन्द्र-राज्यमाझ सम्बन्धको बारेमा उनले भने, “पछिल्ला 12 वर्षमा सङ्घीय संरचना बलियो भएको छ अनि राज्य र केन्द्र सरकारले मिलेर काम गरिरहेका छन्।” उनले थप जनाए अनुसार सिक्किमको आवाज नसुनिने पहिलेको धारणा परिवर्तन भएको छ र केन्द्र सरकारले धैर्यपूर्वक गठबन्धनलाई सुनेको छ र सम्मान गरेको छ। उनले ‘विकसित भारत’ को लक्ष्यलाई ध्यानमा राख्दै मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा शुरु गरिएको ‘सुनौलो सिक्किम र समृद्ध सिक्किम’ योजनाहरूलाई सहकारी सङ्घवादको उदाहरणको रूपमा उद्धृत गरे। उनले भने, “प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र केन्द्रिय मन्त्रीहरूको सिक्किम भ्रमण राज्यलाई दिइएको प्राथमिकताको प्रमाण हो र दुवै सरकारले पहिले नै भविष्यको विकासको लागि एक मार्गचित्र तयार पार्ने काम गरिरहेका छन्।”

आईपीआरडीकी सचिव अन्नपूर्ण आलेले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बाह्र वर्षको कार्यकाल पूरा हुनु भारतको विकास यात्राको एक महत्त्वपूर्ण अध्याय हो, जुन विश्वास, विकास र जन कल्याणद्वारा निर्देशित रहेको बताइन्। उनले राष्ट्रिय महत्त्वको विषयमा चर्चाको लागि नीति निर्माता र मिडिया पेशेवरहरूलाई एक साथ ल्याएकोमा पीआईबीको प्रशंसा गरिन्। शासन, बुनियादी ढाँचा, प्रविधि, सामाजिक कल्याण र सांस्कृतिक संरक्षणमा परिवर्तनकारी परिवर्तनहरू उल्लेख गर्दै उनले भनिन्, “यी समावेशी र नागरिक-केन्द्रित शासनद्वारा सञ्चालित द्रुत तथा दृश्यमान छन्।”

उनले थप जनाए अनुसार, भारत एक आत्मविश्वासले भरिएको, महत्त्वाकांक्षी र भविष्यका लागि तयार राष्ट्रको रूपमा देखा परेको छ। डिजिटल शासनमाथि जोड़ दिँदै उनले भनिन्, “यूपीआई र डिजिटल लेनदेनले पारदर्शिता, वित्तीय समावेशीकरण र अन्तिम किनारसम्म सेवा पुऱ्याउने मार्फत सरकार-नागरिक सम्बन्धलाई पुन: परिभाषित गरेको छ।” उनले जोड़ दिए अनुसार ‘विकास भी विरासत भी’ ले विकास र विरासतलाई एक साथ अगाड़ि बढ्न सक्छ भनेर देखाएको छ।

सचिव आलेले भनिन्, “राष्ट्रिय सुरक्षा, रक्षा तयारी, सीमावर्ती बुनियादी ढाँचा र ‘आत्मनिर्भर भारत’ मा बलियो ध्यानले देशलाई अझ अधिक मजबुत रूपमा निर्माण गरेको छ।” उनले उल्लेख गरे अनुसार यी विकास कार्यहरू मुख्यमन्त्री गोलेको नेतृत्वमा आर्थिक प्रगति, पर्यावरणको स्थिरता र सांस्कृतिक संरक्षण बीचको सन्तुलन कायम गर्ने सिक्किमको मोडेलसँग प्रतिध्वनित छन्। उनले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको समयमा सचिवालयमा एक ‘टाइम क्याप्सुल’ स्थापना गरिएको सम्झना गरिन्, जसमा स्थानीय बीज, विरासतसित जोड़िएका दस्तावेज र सांस्कृतिक कलाकृतिहरू राखिएका थिए, जसलाई राज्य स्थापनाको 100 औँ वर्षगाँठमा खोलिनेछ।

मिडियाको भूमिकामाथि जोड़ दिँदै उनले पारदर्शिता र जवाफदेहिताको लागि विश्वसनीय सञ्चार अत्यन्त महत्त्वपूर्ण रहेको र ‘वार्ता’ जस्ता प्लेटफर्महरूले संवाद र सामूहिक सहभागितालाई प्रोत्साहन गर्ने बताइन्। जसो-जसो भारत ‘विकसित भारतट तर्फ अगाड़ि बढ़िरहेको छ, पछिल्ला बाह्र वर्षले प्रेरणा र दिशा प्रदान गरेको उनले बताइन्।

मुख्य भाषण दिँदै सिक्किम विश्वविद्यालयका प्रोफेसर अमित चक्रवर्तीले वित्त मन्त्रालय, एनपीसीआई, भारतीय रेलवे र आईएमएफको आधिकारिक रेकर्डलाई उद्धृत गर्दै पछिल्लो दशकलाई औसत भारतीय परिवारको लागि एक परिवर्तनकारी यात्राको रूपमा वर्णन गरे।

उनले भने, “2014 देखि 58 करोड़भन्दा अधिक जन धन खाताहरू खोलिएका छन्, जसमा 3 लाख करोड़भन्दा अधिक जमा भएका छन् अनि यीमध्ये 56 प्रतिशत खाता महिलाहरूको हो। कल्याणकारी योजनाहरूको दायरा बढ़ेको छः 10 करोड़ उज्ज्वला एलपीजी कनेक्शन दिइएको छ, स्वच्छ भारत अभियान अन्तर्गत लगभग 11 करोड़ शौचालय बनाइएका छन्, जसमा ग्रामीण स्वच्छतालाई लगभग हरेक स्थानमा पुऱ्याइएको छ, 44 करोड़ आयुष्मान भारत कार्ड जारी गरिएको छ अनि पीएमएवाई अन्तर्गत 4.21 करोड़ पक्का घरहरू निर्माण सम्पन्न भएका छन्। यूपीआईले 2025 मा 300 लाख करोड़ रुपियाँ बराबरको 228 अरब कारोबार प्रशोधन गरेको छ र 39 लाख करोड़ रुपियाँ बराबरको 57 करोड़ मुद्रा ऋण वितरण गरिएको छ। भारतको अर्थतन्त्र 4.15 ट्रिलियन डलरको छ, जुन आईएमएफको अप्रेल 2026 को दृष्टिकोण अनुसार वार्षिक 6 प्रतिशतले बढ़िरहेको छ।”

सिक्किमको बारेमा उनले भने अनुसार राज्यको पहिलो रेल लिङ्क, सेवक-रम्फू रेल लाइन, फरवरी 2026 सम्म 90 प्रतिशत पूरा भइसकेको छ र यो दिसम्बर 2027 को लागि लक्षित छ, साथै गान्तोक र नाथु लासम्म यसको विस्तारको लागि सर्वेक्षण चलिरहेको छ। उनले अझ भने अनुसार, 2016 देखि भारतको पहिलो पूर्ण रूपमा जैविक राज्यको रूपमा सिक्किमको स्थितिसँगै, यस क्षेत्रलाई अवसरको केन्द्रको रूपमा राखिएको छ। ‘विकसित भारत 2047’ लाई हेर्दै उनले इण्डिया सेमिकन्डक्टर मिशन 2.0 को जिकिर गरे, जस अन्तर्गत धोलेरामा फेब्रिकेशन सुविधा 2028 सम्म तयार गर्ने लक्ष्य राखिएको छ र इण्डिया एआई मिशन अन्तर्गत कम्प्युटिङ क्षमतालाई 38,000 जीपीयूसम्म विस्तार गर्ने काम भइरहेको छ। समानता र स्थिरतामा ध्यान गर्न आग्रह गर्दै उनले भने अनुसार आधिकारिक रेकर्डहरूले करोड़ौँ परिवारहरूको लागि वास्तवमा अलग बाह्र वर्ष देखाउँछन्।

‘वार्ता’ अन्तरक्रिया कार्यक्रममा संरचनात्मक सुधार, पूर्वाधार विस्तार, डिजिटल सार्वजनिक सामान र भारतलाई ‘विकसित भारत’ मा रूपान्तरण गर्ने उद्देश्यले जमिनी स्तरका कल्याणकारी नीतिहरूलाई प्रकाश गऱ्यो। राष्ट्रिय गीतको वाचनसँगै कार्यक्रम समापन भयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande