देशमा घृणापूर्ण भाषणमाथि मानिसहरूको मौनताले समाजलाई विभाजन गर्नेहरूलाई अझ प्रोत्साहित गर्छः महबूबा मुफ्ती
देशमा घृणापूर्ण भाषणमाथि मानिसहरूको मौनताले समाजलाई विभाजन गर्नेहरूलाई अझ प्रोत्साहित गर्छः महबूबा मुफ्ती


श्रीनगर, 20 जून (हि.स.)। पीडीपी प्रमुख महबूबा मुफ्तीले शनिवार भनिन्, देशमा घृणापूर्ण भाषहरूमाथि मानिसहरूको मौनताले समाजलाई विभाजन गर्ने तत्वहरूलाई अझ प्रेरित गर्छ।

महबूबाले एक्सको एउटा पोस्टमा भनिन्, भाजपाको तथाकथित विकसित भारतको अवस्था यस्तै छ जहाँ घृणापूर्ण भाषण यतिसाह्रो सामान्य भएको छ कि जन्मै नलिएका मुस्लिम नानीहरूलाई समेत धम्क्याइँदैछ। घर तथा मस्जिदहरूलाई निडर भएर भत्काइँदैछ भने मुस्लिम, इसाई, दलित र आदिवासी समुदायहरूलाई लगातार खाल्डो तर्फ धकेलिँदैछ। यस किसिमको बयानबाजीमाथि मौन बस्नाले समाज विभाजनको पक्षमा रहेका मानिसहरू झन् प्रेरित भइरहेका छन्।

उनले हिन्दू रक्षा दलका अध्यक्ष ललित शर्माद्वारा मुस्लिम महिला एवं अजन्म नानीहरूलाई लक्षित गरेर दिइएको घृणापूर्ण भाषणको उल्लेख गरिरहेकी थिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande