
कोलकाता, 20 जून (हि.स.)। तृणमूल कङ्ग्रेसभित्र व्याप्त राजनीतिक सङ्कटबीच पार्टीका राष्ट्रिय महासिचव अभिषेक ब्यानर्जीको चार्टर्ड विमान मार्फत दिल्ली यात्रालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। पार्टीका वरिष्ठ विधायक कुणाल घोष तथा विद्रोही नेता ऋतब्रत बन्द्योपाध्यायले यस मुद्दामा प्रश्न उठाएका छन्।
गए शुक्रवार अभिषेक ब्यानर्जी लोकसभा अध्यक्षसित भेट गर्नका लागि दिल्ली गएका छन्। दिल्ली जानका लागि उनले चार्टर्ड विमान प्रयोग गरेकोमा पार्टीभित्र चर्चा चुलिएको छ। तृणमूलका नेता तथा कार्यकर्ताहरू एकातिर विभिन्न मामिलाहरूमा पक्रा पर्ने, कानूनी चुनौतीहरू तथा राजनीतिक सङ्कटको सामना गरिरहेका छन् भने अर्कोतिर अभिषेक ब्यानर्जी निजी विमान मार्फत यात्रा गरिरहेको विषयलाई लिएर असन्तोषका स्वरहरू गुञ्जिन थालेका छन्।
कुणाल घोषले भने, अभिषेक चार्टर्ड बिमान मार्फत आए वा गए, त्यस सम्बन्धमा उनलाई कुनै जानकारी छैन, तर यदि यस्तो यात्रा पार्टीको पैसाले गरेको हो भने उनी त्यसलाई समर्थन गर्ने छैनन्। उनले सङ्केत दिए, वर्तमान परिस्थितिमा पार्टी संसाधनहरूको उपयोगलाई लिएर जवाफदेही आवश्यक छ।
अर्कोतिर विद्रोही खेमाका नेता ऋतब्रत बन्द्योपाध्यायले पछिल्लो लामो समयदेखिकै पार्टी नेतृत्वको कार्यशैली अनि खर्चलाई लिएर प्रश्न उठाउँदै आइरहेका छन्। हालैमा विद्रोही गुटमा सामेल सांसद शताब्दि रायले पनि अभिषेकको जीवनशैली तथा विलासितामाथि सार्वजनिक रूपमा टिप्पणी गरेकी थिइन्।
जानकारी अनुसार पछिल्लो केही वर्षदेखिको अभिषेक ब्यानर्जीले एक निजी विमानन कम्पनीको चार्टर्ट जेट तथा हेलिकप्टरलाई उपयोग गर्दै आइरहेका छन्। निर्वाचन आयोगलाई उपलब्ध गराइएको विवरण मुताविक वर्ष 2023- मा मेघालय विधानसभा चुनाउ प्रचार अवधि यस विमान सेवामाथि लगभग चार करोड़ रुपियाँ खर्च गरिएको थियो भने वर्ष 2024- मा लोकसभा चुनाउको प्रचारमा तृणमूल कङ्ग्रेसले विमान अनि हेलिकप्टर सेवामा 46 करोड़ रुपियाँभन्दा अधिक खर्च गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा