राष्ट्रपतिलाई मुख्यमन्त्रीले दिए जन्मदिनको शुभकामना
राष्ट्रपतिलाई मुख्यमन्त्रीले दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 20 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राष्ट्रपति द्रौपदी मुर्मुलाई उनको जन्म दिनमा शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले सोशल मीडियामा आफ्नो आधिकारिक ह्याण्डलबाट एउटा पोस्ट साझा गर्दै भनेका छन्, देशका प्रथम नागरिकको रूपमा राष्ट्रपति द्रौपदी मुर्मूको जीवन कठिन परिश्रम एवं लगनको अनौठो उदाहरण हो। सरलता, सम्मानजनक नेतृत्व, सामाजिक न्यायप्रति अडिग प्रतिबद्धता तथा समाजका वञ्चित-उपेक्षित वर्गहरूका कल्याणका लागि उनले हृदयबाटै गरेका प्रयासहरूले करोड़ौं भारतीयहरूलाई प्रेरित गर्दै आएका छन्।

उनको दूरदर्शी मार्गदर्शन अनि आशीर्वादले हाम्रो देश अझ बढ़ी प्रगति, समृद्धि एवं गौरवको शिखरमा पुगोस्। माँ कामाख्या र महापुरूष श्रीमन्त शङ्करदेवको चरणमा उनको लामो, स्वस्थ तथा मङ्गलमय जीवनको लागि प्रार्थना गर्दछु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande