
कोलकाता, 20 जून (हि.स.)। पश्चिम बङ्गालका मानिसहरूले अन्ततः आद्रतापूर्ण गर्मीबाट राहत पाउन थालेका छन्। पछिल्लो एक सातादेखिको कोलकाता सहित दक्षिण बङ्गालका केही जिल्लाहरूमा प्रचण्ड गर्मी अनि नमीको कारणले मानिसहरूलाई धेरै समस्या भइरहेको थियो, तर अब मौसमले कोल्टे फेरेको छ।
मौसम विभाग अनुसार बङ्गालको खाड़ीबाट आइरहेको नमी तथा अनुकूल हावाको कारणले दक्षिण बङ्गालमा वर्षाको सिलसिला शुरू भएको छ। गत बिहीवार साँझ सामान्य वर्षा भएपछि शुक्रवार बिहानदेखिकै कोलकाता लगायत दक्षिण बङ्गालका अधिकांश क्षेत्रहरूमा माध्यमदेखि घना वर्षा दर्ता गरियो भने आगामी केही दिनसम्म यो वर्षा जारी रहने सम्भावना छ।
वर्षाको प्रभाव तापमानमा पनि स्पष्ट देखियो। कोलकातामा रातको तापमान 24 घण्टाभित्रमा लगभग 5 डिग्री सेल्सियस घटेर 29.7 डिग्रीदेखि 24.7 डिग्रीसम्म पुगेको छ भने दिउँसोको अधिकतम तापमान पनि 35.5 डिग्रीदेखि घटेर 29 डिग्री सेल्सियसमा पुगेको छ। बितेको 24 घण्टाभित्रमा शहरमा लगभग 52.9 मिमी वर्षा रेकर्ड गरियो।
शुक्रवार मेदिनीपुर, झाड़ग्राम, विष्णुपुर तथा बाँकुड़ामा मुसलधारे पानी परेपछि मौसम विभागले शनिवार दक्षिण बङ्गालका सबै जिल्लाहरूमा मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। हुगली, दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर तथा पूर्व बर्दवानमा अतिभारी वर्षालाई लिएर रेड अलर्ट जारी गरिएको छ।
आइतवार पनि कोलकाता समेत दक्षिण बङ्गालका सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान छ। यस अवधि कोलकाता, हावड़ा, हुगली, नदिया, उत्तर औ दक्षिण 24 परगनामा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।
उत्तर बङ्गालमा पनि दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाईगुड़ी तथा कुचबिहारमा अति घना वर्षा हुने चेताउनी जारी गरिएको छ। मौसम विभाग अनुसार आगामी सोमवरासम्म राज्यका केही भागहरूमा वर्षा तथा तीव्र हावाको श्रृङ्खला यथावत रहनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा