असममा विष्णु प्रसाद राभालाई गीत-सङ्गीतको माध्यमबाट स्मरण गरियो
असममा विष्णु प्रसाद राभालाई गीत-सङ्गीतको माध्यमबाट स्मरण गरियो


शोणितपुर (असम), 20 जून (हि.स.)। महान क्रान्तिकारी कलाकार, साहित्यकार औ सांस्कृतिक दिग्गज कलागुरू विष्णु प्रसाद राभाको पुण्यतिथिमा शनिवार राज्यका विभिन्न स्थानहरूसँगसँगै कलागुरूको जन्मस्थान तेजपुरमा विभिन्न कार्यक्रमहरूको माध्यमबाट उनलाई श्रद्धाञ्जली अर्पण गरियो। वर्ष 1969-को यसै दिन उनले अन्तिम सास लिएका थिए।

विष्णु राभा दिवसको अवसरमा तेजपुरस्थित प्रह्लाद चन्द्र दास स्मृति नृत्यशालामा आयोजित सांस्कृतिक कार्यक्रममा नयाँ पिँढ़ीका नृत्य विद्यार्थीहरूले नृ्तय प्रस्तुतिको माध्यमबाट कलागुरूलाई श्रद्धाञ्जली दिए। यस अवसरमा कलाकारहरूले उनको कला, संस्कृति एवं समाजमा पुऱ्याएको योगदानलाई स्मरण गरे।

यता तेजपुरको समन्वय क्षेत्रस्थित कलागुरुको समाधि स्थलमा दीप प्रज्ज्वलित गरी श्रद्धासुमन अर्पण गरियो। यस अवगि कलागुरूका पुत्र एवं विधायक पृथ्वीराज राभा, शोणितपुरका आयुक्त आनन्द कुमार दास सहित केही गण्यमान्य व्यक्तिहरूले उनको समाधिमा श्रद्धाञ्जली चढ़ाए।

समन्वय क्षेत्रमा आयोजित कार्यक्रममा नयाँ पिँढ़ीका कलाकारहरूले गीत अनि नृत्य प्रस्तुत गरी कलागुरू विष्णु प्रसाद राभाप्रति आफ्नो श्रद्धा व्यक्त गर्नका साथै सांस्कृतिक धरोहरलाई स्मरण गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande