दिनहाटामा तृणमूल नेताहरूको घरमा बमबाजी, आगो लगाएको आरोप
दिनहाटामा तृणमूल नेताहरूको घरमा बमबाजी, आगो लगाएको आरोप


कुचबिहार, 20 जून (हि.स.)। जिल्लाको दिनहाटामा फेरि एकपटक राजनीतिक तनाउ गहिरिँदै गएक स्पष्ट देखिँदैछ। गए अबेर राती पुटीमारी एक ग्राम पञ्चायतका पूर्व प्रधान अनि तृणमूल कङ्ग्रेसका अञ्चल अध्यक्ष रफिकुल हक र उनकी पत्नी, वर्तमान पंञ्चायत सदस्य शहनारा परवीनको घरमा उपद्रवीहरूले हमला गरे।

स्थानीय सूत्र अनुसार हमलाकारीहरूको एउटा समूहले घरलाई चारैतिरबाट घेरेर अन्धाधुन्ध बमबाजी गर्न थाल्यो। अहिलेघरि क्षेत्रमा सन्त्राष फैलिएको छ। आरोप छ, उपद्रवीहरूले घरमा पेट्रोल लगाएर आगो लगाइदिए। द्रूत गतिमा फैलिएको आगोले सम्पूर्ण घरलाई जलाएर खरानीमा परिणत गरिदियो। दमकल पुग्नअघि नै घरका सबै सामानहरू तथा दस्तावेजहरू जलेर नष्ट भइसकेको थियो।

यसरी नै यहाँका पञ्चायत सदस्य जाकिर हुसैनको घरमा पनि तोड़फोड़ गरिएको घटना प्रकाशमा आएको छ। लगातार दुई जना जनप्रतिनिधिहरूको घरमा हमला हुनाले स्थानीय मानिसहरू भयभित भएका छन्। राजनीतिक जगतमा चर्चा भइरहेको छ कि विधानसभा चुनाउ भएदेखि नै रफिकुल हक र उनकी पत्नी क्षेत्र बाहिर बस्दै आएका छन्। यस हमलाको कारण पुरानो शत्रुता हो वा स्थानीय राजनीतिक शत्रुता हो, मानिसहरूले विभिन्न अड़कल लगाइरहेका छन्।

घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। हाल पुलिसले जाँच कार्य शुरू गरेको छ, तर यो समाचार लेखुञ्जेलसम्म कसैलाई पनि पक्राउ भने गरिएको थिएन। आरोपीहरूको खोजीमा क्षेत्रमा लगातार छापामारी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande