केन्द्र एवं दिल्ली सरकारका उपलब्धिहरूलाई लिेएर भाजपाको घर-घर सम्पर्क अभियान पूर्ण
केन्द्र एवं दिल्ली सरकारका उपलब्धिहरूलाई लिेएर भाजपाको घर-घर सम्पर्क अभियान पूर्ण


नयाँ दिल्ली, 20 जून (हि.स.)। केन्द्र एवं दिल्ली सरकारका उपलब्धि तथा योजनाहरूलाई लिएर भारतीय जनता पार्टी (भाजपा)- द्वारा सञ्चालित घर-घर सम्पर्क अभियानको अन्तिम दिन शनिवार प्रातः दिल्ली भजपाका सङ्गठन महामन्त्री पवन राणाले गान्धी मार्केट, दीनदयाल उपाध्याय मार्ग क्षेत्रका घर-घरमा पुगेर मानिसहरूसित चर्चा गरे। दिल्ली भाजपाका सह-कार्यालय मन्त्री अमित गुप्ता र अन्य स्थानीय कार्यकर्ताहरू पनि सामेल भए।

राज्यसभा सांसद स्वाति मालिवालले स्थानीय कार्यकर्ताहरूको साथमा दिल्ली गेटको वार्ड नम्बर 115 र 116-मा प्रत्येक घरमा पुगी मोदी सरकार र दिल्ली भाजपा सरकारका उपलब्धिहरू बारे मानिसहरूलाई बताइन्।

चाँदनी चौकबाट सांसद प्रवीण खण्डेलवालले चाँदनी चौक विधानसभाको सिभिल लाइन वार्डमा घर-घर सम्पर्क अभियान अन्तर्गत क्षेत्रका प्रबुद्ध नागरिक एवं विशिष्ट कवि सुरेन्द्र शर्माको घरमा पुगेर मोदी सरकार एवं दिल्ली सरकारका उपलब्धिहरूमाथि उनीसित चर्चा गरे।

उत्तर-पूर्व दिल्लीका सांसद मनोज तिवारीले बाबरपुर विधानसभाको गोरख पार्कमा स्थानीय कार्यकर्ताहरूको साथमा जनसम्पर्क अभियान सञ्चालन गरे।

पूर्व प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले मयूर विहार फेज- एकमा जनसम्पर्क अभियान सञ्चालन गरी केन्द्र सरकारका उपलब्धिहरूको पत्रक वितरण गरे।

प्रदेश महामन्त्री विष्णु मित्तलले स्थानीय कार्यकर्ताहरूको साथमा प्रीत विहार मण्डलमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका उपलब्धिहरू उल्लेखित पत्रक घर-घरमा गएर वितरण गरे।

यस अतिरिक्त प्रदेश महामन्त्री एवं सांसद योगेन्द्र चाँदोलियाले विधायक राजकरन खत्री र निगम पार्षद सुमित चौहानको साथमा नरेला बखतावरपुरमा, प्रदेश महामन्त्री एवं सांसद कमलजीत सहरावतले विधायक प्रदुमन राजपूतको साथमा सागरपुर, द्वारका विधानसभा क्षेत्रमा, दिल्ली विधानसभाका उपाध्यक्ष मोहन सिंह बिष्टले शिवविहारको पोलिङ्ग बूथ 63-मा, दिल्ली जलबोर्ड उपाध्यक्ष सतीश उपाध्यायले ग्रीन पार्क मर्केटमा, दिल्ली सरकारको पब्लिक आकउन्ट कमिटीका अध्यक्ष अजय महावरले यमुना विहार भजनपुरामा घर-घर सम्पर्क अभियान अन्तर्गत मोदी सरकारका उपलब्धिहरू पत्रक वितरण गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande