पश्चिम बङ्गाल दिवसमा राज्यपालले दिए शुभकामना, बङ्गालको सांस्कृतिक धरोहरलाई गरे नमन
पश्चिम बङ्गाल दिवसमा राज्यपालले दिए शुभकामना, बङ्गालको सांस्कृतिक धरोहरलाई गरे नमन


कोलकाता, 20 जून (हि.स.)। पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यपालले प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिँदै बङ्गालको समृद्ध सांस्कृतिक, आध्यात्मिक औ बौद्धिक धरोहरलाई नमन गरे। उनले भने, बङ्गालले भारतको सभ्यतागत यात्रालाई दिशा दिनमा ऐतिहासिक भूमिका निभाएको छ।

राज्यपालले आफ्नो सन्देशमा भने, पश्चिम बङ्गाल दिवस एउटा राज्य गठनको अवसर मात्र होइन, त्यस गौरवशाली धरोहरलाई स्मरण गर्ने दिन हो जसले भारतको राष्ट्रिय जीवनलाई गहिराई पूर्वक प्रभावित पारेको छ। उनले स्वामी विवेकानन्दको राष्ट्रिय जागरणको आह्वान, ऋषि बङ्किमचन्द्र चट्टोपाध्यायको अमर गीत ‘वन्दे मातरम्’ तथा डा. श्यामा प्रसाद मुखर्जीको नेतृत्वको विशेष उल्लेख गरे। राज्यपालले भने, डा. मुखर्जीका निर्णायक प्रयासहरूकै फलस्वरूप पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग बन्यो।

उनले पश्चिम बङ्गालको गठन हुँदा साहस, सङ्घर्ष औ बलिदान दिने मानिसहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, राज्यले आफ्ना महान विभूतिहरूबाट प्रेरणा लिएर अगाड़ि बढ़्नुपर्छ। यी महापुरुषहरूले समाजलाई जागृत बनाए, पिँढ़ीहरूलाई प्रेरित गरे तथा भारतको आध्यात्मिक, सांस्कृतिक, बौद्धिक तथा राष्ट्रिय जीवनलाई समृद्ध तुल्याए।

राज्यपालले भने, बङ्गालले आफ्नो ऐतिहासिक भूमिकालाई पुनर्स्थापित गर्दै विकसित भारत 2047- को लक्ष्य प्राप्तिमा अग्रणी भूमिका निभाउनुपर्छ। उनले विश्वास व्यक्त गरे, बङ्गालको समृद्ध परम्परा अनि वैचारिक शक्तिले देशको विकासमा महत्वपूर्ण योगदान दिनरहनेछ।

आफ्नो सन्देशको अन्तमा राज्यपालले ‘वन्दे मातरम्’- को उद्घोषसितै पश्चिम बङ्गाल दिवसको शुभकामना दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande