एलआईसीले सुरूचि सङ्घलाई जमीन खाली गर्ने नोटिस पठायो
एलआईसीले सुरूचि सङ्घलाई जमीन खाली गर्ने नोटिस पठायो


कोलकाता, 20 जून (हि.स.)। भारतीय जीवन बीमा निगमले प्रसिद्ध दुर्गापूजा आयोजक सुरुचि सङ्घ क्लबलाई तत्काल जमीन खाली गर्ने नोटिस पठाएको छ। भारतीय जीवन बीमा निगमले आरोप लगाएको छ, क्लबले उसको लगभग 21 कट्ठा जमीनमा कब्जा गरेर वर्षौंदेखिको दुर्गा पूजा आयोजना गर्दै आइरहेको छ। निगमले स्पष्ट रूपमा भनेको छ, आगामी 18 जुलाईसम्ममा जमीन खाली गरिएन भने कड़ा कानूनी कारबाही गरिनेछ।यस सम्बन्धमा क्लब परिसरमा नोटिस टाँसिएको छ।

सूत्र अनुसार न्यू अलिपुर क्षेत्रमा प्रत्येक वर्ष भव्य रूपमा दुर्गा पूजा आयोजना गर्ने सुरूचि सङ्घको पछिल्लो लामो समयदेखिकै राज्यका पूर्व मन्त्री अरूप विश्वास र उनका भाइ स्वरूप विश्वाससित गहिरो सम्बन्ध रहिआएको थियो। सर्वसाधारण मानिसहरूमा यो पूजा ‘विश्वास बन्धु’- को पूजाको नामले प्रचलित रहिआएको छ। स्वरूप विश्वास क्लबका सचिव रहेका छन् जो वर्तमानमा जेलमा थुनिएका छन्।

भारतीय जीवन बीमा निगमको आरोप छ, जुन जमीनमा यतिका वर्षसम्म पूजा आयोजना गरिँदैथ्यो, त्यो उसको सम्पत्ति हो। यस सम्बन्धमा कैयौं पटक क्लब प्रबन्धनसित जमीन फिर्ता मागियो, तर कुनै समाधान हुनसकेको थिएन। त्यसपछि निगमले अलिपुर थानामा सिकायत दर्ता गरायो। अब जमीन खाली गराउनको लागि औपचारिक नोटिस जारी गरिएको छ।

स्मरण गराइन्छ, कोलकाताका प्रमुख सार्वजनिक दुर्गापूजा आयोजनहरूमा सुरुचि सङ्घको नाम प्रमुखताले लिइन्छ। पछिल्लो केही वर्षसम्म यहाँको पूजाको उद्घाटन मुख्यमन्त्री ममता ब्यनर्जीले गर्दै आएकी थिइन्। यस पूजामा राज्यको सत्ताधारी राजनीतिसित जोड़िएका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति चर्चाको विषय हुन्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande