मिजोरम सरकारको सहयोगमा सायरङ्ग रेलवे स्टेशनमा पूसीरेको हरित पहल
मिजोरम सरकारको सहयोगमा सायरङ्ग रेलवे स्टेशनमा पूसीरेको हरित पहल


गुवाहाटी, 20 जून (हि.स.)। पर्यावरणीय स्थिरतालाई प्रेरित गर्ने, यात्री सुविधाहरूलाई श्रेष्ठ बनाउने तथा सामुदायिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले एक महत्वपूर्ण पहल अन्तर्गत पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-ले मिजोरम सरकारको पर्यावरण, वन एवं जलवायु परिवर्तन विभाग तथा क्लीन एण्ड ग्रीन रिभोल्यूशन मिजोरमको सहयोगमा हालैमा सायरङ्ग रेलवे स्टेशनमा वृक्ष रोपण, सौन्दर्यीकरण एवं स्वच्छता अभियान आयोजना गऱ्यो। यो कार्यक्रमले सबै स्टेकधारकहरूको स्वच्छ, हरित औ यात्री-अनुकूल रेलवे स्टेशनहरूको निर्माणप्रति साझा प्रतिबद्धतालाई प्रदर्शित गर्नको साथै पर्यावरण संरक्षण एवं दिगो योगदानको प्रतीक हो।

पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले शनिवार बताए, यस पहल अन्तर्गत स्टेशन परिसर तथा यस वरपर वृक्षरोपण, पुष्प उद्यानको विकास एवं व्यापक स्वच्छता अभियान सञ्चालन गरियो जसबाट स्टेशनको सौन्दर्यात्मक आकर्षण अनि पारिस्तिकीय महत्व बढ़ेको छ।

मिजोरम सरकारको पर्यावरण, वन एवं जलवायु परिवर्तन विभागले अप्रेलको 50 तथा चाउनपुईको 50 वटा बिरूवा उपलब्ध गराएर महत्वपूर्ण सहयोग प्रदान गऱ्यो। यी बिरूवाहरूबाट स्टेशन वरिपरी हरित आवरणलाई सुदृढ़ बनाउन, स्थानीय पर्यावरणमा सुधार ल्याउन, जैव विविधतालाई प्रोत्साहित गर्न तथा यात्री, रेल कर्मचारी एवं वरिपरीका बासिन्दाहरूको लागि अधिक स्वस्थ एवं सुखदायी वातावरण सुनिश्चित गर्नमा मद्दत पुग्ने आशा छ।

यस अवसरमा क्लीन एण्ड ग्रीन रिभोल्यूशन मिजोरमकी अध्यक्ष लालमलसावमीले सायरङ्ग रेलवे स्टेशनलाई भारतको सबैभन्दा स्वच्छ, हरित एवं सुन्दर रेलवे स्टेशनहरूमध्ये एक ब नाउने संस्थाको भिजनमाथि प्रकाश पारिन्। उनले स्टेशनको सौन्दर्यीकरणको लागि गरिएका प्रयासहरूमा पूसीरे तथा मिजोरम सरकारद्वारा पुऱ्याइएको सहयोगको सराहनागरिन्। उनले भनिन्, यो पहल स्टेशनको वातावरणलाई अझ बढ़ी राम्रो बनाउनेछ साथै यात्रीहरू एवं आगन्तुकहरूको लागि एक स्वागतयोग्य र सुखद अनुभव सुनिश्चित गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande