बालासन नदीको जलस्तर घट्यो, दुधियाको अस्थायी पुलको मरम्मत कार्य जारी
बालासन नदीको जलस्तर घट्यो, दुधियाको अस्थायी पुलको मरम्मत कार्य जारी


सिलगढ़ी, 20 जून (हि.स.)। बालासन नदीको जलस्तर घटेपछि दुधिया पुलको मरम्मत कार्य शुरू गरिएको छ। लोक निर्माण विभाग (पीडब्ल्यूडी)-ले द्रूत गतिमा मरम्मत गरिरहेको छ। उल्लेखनीय छ, गत बिहीवार राती भएको अविरल घना वर्षाको कारणले बालासन नदीको पानी बढ़ेर माथि पुगेको थियो जसले गर्दा दधिया क्षेत्रको स्थिति अस्थिर भएको थियो।

नदीको जलस्तर बढ़ेर दुधियामा बनिएको ह्यूम पाइपको अस्थायी पुललाई पनि बगाएको थियो। फलस्वरूप सिलगढ़ी-मिरिकमाझ सम्पर्क विच्छिन्न भएको थियो। अहिले पानी रोकिएपछि स्थितिमा सुधार भइरहेको छ। नदीको जलस्तर घट्नसाथ शनिवारदेखि लोक निर्माण विभागले द्रूत गतिमा पुलको मरम्मत कार्य शुरू गरेको छ।

नदीको प्रवाहलाई सामान्य बनाइराख्न जेसीबी मशिनहरूको सहयोगले पुल वरिपरी थुप्रिएको बालुवालाई हटाइँदैछ। यसै बालुवालाई प्रयोग गरी क्षतिग्रस्त अस्थायी पुललाई पुनः बनाइँदैछ। स्थानीय प्रशासनको भनाइ छ, यदि मौसम अनुकूल रहे आगामी तीन दिनभित्रमा पुल पर्ण रूपले बहाल हुनेछ जसबाट सिलगढ़ी-मिरिकबीच यातायात पुन शुरू हुनसक्छ। अविरल वर्षापछि अहिले मौसम सफा भएको कारणले दुधिया तथा सयस वरिपरीका मानिसहरूले राहत महसूस गरेका छन् तथापि प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande