
नयाँ दिल्ली, 20 जून (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सूदले राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा (नीट)-को पुनर्परीक्षापूर्व शनिवार पण्डारा रोडस्थित परीक्षा केन्द्र सीएम श्री स्कूलको भ्रमण गरे।
मन्त्री आशिष सूदले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयले 21 जूनमा हुन गइरहेको परीक्षालाई अत्यन्त सतर्कतापूर्वक आयोजा गरिरहेको छ। दिल्ली सरकारको पक्षबाट हामीले हरेक परीक्षा केन्द्रमा एउटा 'कुलिङग जोन' बनाएका छौं ताकि प्रचण्ड गर्मीमा बाहिरबाट आउने अभिभावकहरूलाई राहत मिलोस्। यसबाट उनीहरूलाई आरामले समय बिताउने तथा उनीहरूको चिन्ता कम गर्नमा मद्दत पुग्नेछ, किनभने उनीहरूमध्ये धेरै जना मानिसहरू आफ्ना नानीहरूलाई केन्द्रसम्म पुऱ्याउनका लागि धेरै टाड़ा-टाड़ाबाट आउनेछन्। दिल्लीका सबै 97 वटा परीक्षा केन्द्रहरूमा लगभग 2,000 वर्ग फुटको क्षेत्रमा पानी, शिकञ्जी तथा अन्य सुविधाहरूको व्यवस्था गरिएको छ।
उनले भने, उनले यी व्यवस्थाहरूको जायजा लिनका लागि स्थानीय एसडीएम (उप-विभागीय मजिस्ट्रेट)-को साथमा यहाँका तयारीहरूको निरीक्षण गरिरहेका छन्। साँझ फेरि अर्को निरीक्षण गरिनेछ ताकि यो सुनिश्चित गर्न सकियोस् कि केन्द्रहरूमा आउने सबै अभिभावकहरू विशेष गरी टाड़ा-टाड़ाबाट आउनेहरूलाई राम्रो सुविधा प्राप्त होस्। दिल्ली सरकारको पक्षबाट हामी सबै विद्यार्थीहरूलाई शुभकामना दिन्छौं साथै उनीहरूलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरूले कुनै पनि प्रकारको चिन्ता नगरी परीक्षा दिउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा