विधानसभामा हस्ताक्षर जालझेल मामिलामा शोभनदेव चट्टोपाध्यायको घरमा पुग्यो सीआईडी
विधानसभामा हस्ताक्षर जालझेल मामिलामा शोभनदेव चट्टोपाध्यायको घरमा पुग्यो सीआईडी


कोलकाता, 20 जून (हि.स.)। पश्चिम बङ्गाल विधानसभामा हस्ताक्षर जालझेल मामिलाको जाँचको सिलसिलामा राज्य अपराध विभागको एक टीम शनिवार बिहान बालीगञ्जबाट तृणमूल कङ्ग्रेसका विधायक शोभनदेव चट्टोपाध्यायको भवानीपुर स्थित आवासमा पुग्यो। अधिकारीहरूले उनलाई लगभग एक घण्टासम्म जाँचबुझ गरेपछि त्यहाँबाट फर्किए।

शोभनदेव चट्टोपाध्यायले भने, जाँचमा पूर्ण सहयोग गर्नका लागि उनी तयार छन्। उनले यो पनि माग गरे, हस्ताक्षरमा जालझेल गरेको सिकायत गर्ने मानिसहरूसित पनि जाँचबुझ गर्नुपर्छ। उनले भने, प्रस्तावमा हस्ताक्षर गर्दा सबै सम्बन्धित मानिसहरू उपस्थित थिए,त्यसैले सिकायतकर्ताको भूमिकाको जाँच हुनुपर्छ।

विधानसभामा तृणमूल कङ्ग्रेसका नेताको रूपमा शोभनदेव चट्टोपाध्यायको नामको प्रस्ताव पार्टी अध्यक्ष ममता ब्यनर्जीले राखेकी थिइन्। पार्टीको पक्षबाट विधानसभा अध्यक्ष रथिन्द्र बोसलाई एउटा पत्र दिइएको थियो जसमा संसदीय दलका नेताको रूपमा शोभनदेवको नामको प्रस्ताव थियो। त्यस पत्रमा पार्टी महासचिव अभिषेक ब्यानर्जीको हस्ताक्षर रहेको बताइएको थियो।

तथापि विधानसभा अध्यक्षले पत्रलाई स्वीकार गरेका थिएनन्। यसबीच त्यसमा हस्ताक्षरमा जालझेल गरेको आरोप प्रकाशमा आयो। त्यसपछि हेयर स्ट्रीट थानामा सिकायत दर्ता गरियो। उलूबेड़िया पूर्वका विधायक ऋतब्रत बन्द्योपाध्याय र एन्टालीका विधायक सन्दीपन साहाले विधानसभा अध्यक्षसित हस्ताक्षरमा जालझेल गरेको सिकायत गरेका थिए। पछि तृणमूल कङ्ग्रेसले दुवै विधायकहरूलाई पार्टीबाट निष्कासन गरिदिएका थियो।

त्यसपछि ऋतब्रत बन्द्योपाध्यायले 59 जना विधायकहरूको समर्थन रहेको दाबी गर्दै विधानसभा अध्यक्षलाई पत्राचार गरे, त्यसपछि उनलाई विपक्षको नेता घोषित गरियो। विधानसभा अध्यक्षको यस निर्णयलाई चुनौती दिँदै शोभनदेव चट्टोपाध्यायले कलकत्ता उच्च अदालतमा याचिका दर्ता गराएका थिए। एकल पीठले यस निर्णयमाथि अन्तरिम रोक लगाउन अस्वीकार गरेको थियो। त्यसपछि शोभनदेवले खण्डपीठमा अपील दर्ता गरेका छन् जसमाथि आगामी साता सुनवाई हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande