पाँशकुड़ामा तृणमूल जिल्ला अध्यक्ष सुजीत राय पक्राउ, जाँचबुझ जारी
पाँशकुड़ामा तृणमूल जिल्ला अध्यक्ष सुजीत राय पक्राउ, जाँचबुझ जारी


मेदिनीपुर, 20 जून (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको पाँशकुड़ा थाना क्षेत्रमा पुलिसले शनिवार तृणमूल नेता सुजीत रायलाई पक्राउ गऱ्यो। उनी अखिल भारतीय तृणमूल कङ्ग्रेसका जिल्ला अध्यक्ष हुनका साथै पाँशकुड़ा-एक पञ्चायत समितिका सह-सभापति पनि हुन्।

पुलिस सूत्र अनुसार पाँशकुड़ामा तृणमूल नेता कुर्बान शाहको हत्या भएपछि उनका भाइ अफजल शाहविरूद्ध वर्ष 2021-मा एकजना महिलाले दुष्कर्मको मामिला दर्ता गराएकी थिई। पछि महिलाले फेरि सिकायत दर्ता गराएर आरोप लगाई, सुजीत रायले दबाव दिएर तथा कथित रूपमा उक्साएर उसलाई झुटो मामिला दर्ता गराउन लगाएका थिए।

सिकायतपछि पुलिसले जाँच शुरू गऱ्यो। जाँचको क्रममा सुजीत रायलाई कोलकाताबाट पक्राउ गरी पाँशकुड़ा ल्याइयो। हाल उनीसित जाँचबुझ भइरहेको छ भने पुलिसले मामिलाको हरेक पाटो र पक्षको जाँच गरिरहेको छ।

यस पक्राउपछि जिल्लाको राजनीतिक जगतमा खैलाबैला मचिएको छ। तथापि यस मामिलामा अहिलेसम्म तृणमूल कङ्ग्रेस वा सुजीत रायको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन। पुलिसले भनेको छ, जाँच जारी छ। आवश्यक कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande