तृणमूलका पश्चिम बर्दवान जिल्ला अध्यक्ष नरेन्द्रनाथ चक्रवर्तीले दिए राजीनामा, सङ्गठनमा व्यापक खेलाबैला
तृणमूलका पश्चिम बर्दवान जिल्ला अध्यक्ष नरेन्द्रनाथ चक्रवर्तीले दिए राजीनामा, सङ्गठनमा व्यापक खेलाबैला


पश्चिम बर्दवान, 20 जून (हि.स.)। तृणमूल कङ्ग्रेस, पश्चिम बर्दवान जिल्लाका अध्यक्ष नरेन्द्र नाथ चक्रवर्तीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा तृणमूलकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यलाई पठाएका छन्। राजीनामा दिनअघि उनले विद्रोही गुटका नेता ऋतब्रत बन्द्योपाध्यायसित भेट गरे। यस घटनाक्रम पश्चात जिल्लाको राजनीतिक गतिविधि तीव्र भएको छ भने सङ्गठनभित्र नयाँ चर्चा शुरू भएको छ।

प्राप्त जानकारी अनुसार गए शुक्रवार राती नरेन्द्र नाथ चक्रवर्तीले अभिजीत घटक तथा डेभिडसित विरोधी दलका नेता ऋतब्रत बन्द्योपाध्यायसित भेट गरे। त्यसपछि पत्रकाराहरूसित बातचित गर्दै नरेन्द्रनाथले भने, स्वास्थ्य कारणले तृणूलको जिल्ला अध्यक्षको पदबाट उनले राजीनामा दिेएका हुन्। उनलाई दोस्रो पल्ट यो जिल्लाध्यक्षको पद सुम्पिइएको थियो। तथापि उनलाई नियुक्त गरेपछि पार्टीभित्र कैयौं स्तरमा असन्तोषका आवाजहरू गुञ्जिएका थिए भने केही नेताहरूले सोशल मीडियाको माध्यमबाट आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

उनले यो फसेला मुख्य रूपमा शारीरिक अस्वस्थ्यताको कारणले लिएका हुन्। उनले भने, वर्तमान परिस्थितिमा स्वास्थ्यले उनलाई पहिलाको जस्तो सक्रिय राजनीतिक जिम्मेवारी निभाउने अनुमति दिरहेको छैन।

यसको साथै उनले जिल्लाको वर्तमान राजनीतिक स्थितिलाई लिएर पनि चिन्ता व्यक्त गरे। उनले भने, जिल्लामा 476 मानिसहरूको नाममा वारन्ट जारी हुनु, कतिपयलाई पक्राउ गरिनु तथा कसैलाई घरै छोड़ेर जाने परिस्थिति सृजना भयो। यस्तो स्थितिमा कार्यकर्ता तथा नेताहरूलाई अपेक्षित सहयोग प्राप्त भएन।

नरेन्द्र नाथ चक्रवर्तीले यो पनि दाबी गरे, जिल्लाध्यक्षको पदलाई लिएर उनलाई धेरै कुरा सोशल मीडियाको माध्यमबाट थाहा लागेको छ। उनले भने, पछिल्लो लामो समयदेखिको उनको वरिष्ठ नेता ऋतब्रत बन्द्योपाध्यायसित सम्पर्क रहिआएको छ र ट्रेड यूनियन स्तरमा अहिले पनि एकजुटता कायम छ। आगाामी दिनमा पनि मिलेर काम गर्नुछ। उनले अन्तमा आफू सय प्रतिशत ऋतब्रतको साथमा रहेको दाबी समेत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande