
कोलकाता, 20 जून (हि.स.)। पश्चिम बङ्गालको सत्तारूढ़ तृणमूल कङ्ग्रेसभित्र जारी राजनीतिक तानातानाबीच पार्टीले पार्टीका तीन वटा ब्याङ्क खाताहरूको डेबिट फ्रीज गरिदिएको छ। यस कारबाही पश्चात अब यी खाताहरूबाट हाल कुनै पनि प्रकारको निकाकसी गर्न सकिँदैन। सूत्रानुसार यी तीनै वटा खाताहरूमा लगभग 440 करोड़ रुपियाँ जमा छ।
बताइएको छ, हालैमा तृणमूल नेता अरूप विश्वासले सम्बन्धित निजी ब्याङ्कलाई पत्र लेखेर यी खाताहरूलाई फ्रीज गर्ने अनुरोध गरेका थिए। यस अतिरिक्त पार्टीको विद्रोही खेमासित जोड़िएका लगभग 10 जना विधायकहरूले पनि यस सम्बन्धमा बिधाननगर पुलिस आयुक्तालयमा सिकायत गरेका थिए। त्यसपछि पुलिसले कारबाही गर्दै खाताहरूमाथि रोक लगाइदियो।
तृणमूल कङ्ग्रेसमा अहिलेघरि ‘वास्तविक तृणमूल’ -लाई लिएर विवाद जारी छ। पार्टीसित विद्रोह गर्ने केही सांसदहरूले पहिलाबाटै भिन्न राजनीतिक मार्ग अप्नाइसकेका छन् भने केही असन्तुष्ट विधायकहरूले दाबी गरिरहेका छन्, उनीहरूले नै वास्तविक तृणमूलको प्रतिनिधित्व गर्दछन्।
सूत्र अनुसार अरूप विश्वासले त्यसबेला ब्याङ्कहरूलाई पत्र लेखेका थिए जतिबेला उनी पार्टीका कोषाध्यक्ष थिए। गत 15 जूनमा भएको सङ्गठनात्मक फेरबदलमा उनको स्थानमा पूर्व राज्यसभा सांसद शुभाशिष चक्रवर्तीलाई कोषाध्यक्ष नियुक्त गरिएको छ। तथापि ब्याङ्किङ्ग प्रक्रिया अनुसार अहिलेसम्म उनलाई अधिकृत हस्ताक्षरकर्ताको रूपमा दर्ता गरिएको छैन। यसकारण ब्याङ्कको रेकर्डको रूपमा अरूप विश्वास नै अधिकृत कोषाध्यक्षको रूपमा कायम छ।
यस मामिलामा प्रतिक्रिया व्यक्त गर्दै तृणमूल विधायक कुणाल घोषले भने, कुनै पनि व्यक्तिलाई थानामा सिकायत गर्ने लोकतान्त्रिक अधिकार छ, तर सिकायत दर्ता गर्नअघि पार्टी अध्यक्ष ममता ब्यानर्जीसित बातचित गर्न सकिन्थ्यो। उनले भने, यो हेर्नुछ कि प्राथमिकता जाँचलाई दिइन्छ कि पार्टीलाई राजनीतिक रूपमा असहज स्थितिमा पार्नेलाई।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा