भूमि विवादमा पिताको हत्या
भूमि विवादमा पिताको हत्या


लखनऊ, 20 जून (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊको महिगाउँ गाउँमा हिजो राति भूमि बाँड़फाँड़लाई लिएर पिता-छोराबीच विवाद भयो। आक्रोशित छोराले पिताको टाउकोमा बेलचा प्रहार गरेर उनलाई घाइते बनाए। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो। जानकारी पाएपछि शनिवार पुलिसल घटनास्थलमा पुगेर शव पोस्टमार्टमको लागि पठाएको र घटनाको अनुसन्धान शुरू गरेको पुलिस निरीक्षक रामकुमार गुप्ताले बताए।

अत्रौरा गाउँमा जग्गा बाँड़फाँड़लाई लिएर पिता रामकुमारको छोरा महेन्द्रसँग विवाद भइरहेको थाना प्रभारी रामकुमार गुप्ताले बताए। हिजो राति रामकुमार ट्रयाक्टरले खेत जोतिरहेका थिए, जसका कारण दुई पक्षबीच झगड़ा भएको आरोप छ।

विवादको क्रममा महेन्द्र यादवले पिता रामकुमार यादवको टाउकोमा बेलचा प्रहार गर्दा गम्भीर चोट लागेको आरोप छ। घटनापछि परिवारले घाइते रामकुमार यादवलाई उपचारको लागि अस्पताल लग्यो। त्यहाँबाट उनलाई राम्रो उपचारको लागि केजीएमयू, लखनऊ रेफर गरियो। उपचारका क्रममा डाक्टरहरूले रामकुमार यादवलाई मृत घोषित गरे। जानकारी पाएपछि पुलिसले आवश्यक कारबाही गर्योक, शवलाई कब्जामा लियो, पञ्चायतनामा पूरा गर्योर र पोस्टमार्टम प्रक्रिया शुरू गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande