बङ्गाल दिलासमा भाजपा नेताहरूले राज्यको धरोहर तथा श्यामा प्रसाद मुखर्जीलाई नमन गरे
बङ्गाल दिलासमा भाजपा नेताहरूले राज्यको धरोहर तथा श्यामा प्रसाद मुखर्जीलाई नमन गरे


कोलकाता, 20 जून (हि.स.)। पश्चिम बङ्गाल दिवसमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, मुख्यमन्त्री शुभेन्दु अधिकारी औ प्रदेश भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष एवं राज्यसभा सांसद शमिक भट्टाचार्य सहित पार्टीका वरिष्ठ नेताहरूले राज्यवासीहरूलाई शुभकामना दिए। नेताहरूले बङ्गालको सांस्कृतिक, बौद्धिक औ राजनीतिक धरोहरलाई स्मरण गर्दै भारतसित पश्चिम बङ्गालको अभिन्न सम्बन्धलाई रेखाङ्कित गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, पश्चिम बङ्गालले साहित्य, कला, अध्यात्म, विज्ञान, वाणिज्य,उद्योग एवं सामाजिक सुदार सहित अनेकौं क्षेत्रहरूमा योगदान दिएर भारतको राष्ट्रिय जीवनलाई समृद्ध पारेको छ। उने भने, 20 जून पश्चिम बङ्गालको इतिहासमा अत्यन्त महत्वपूर्ण दिन हो, किनभने यसै दिन यो सुनिश्चित भएको थियो कि पश्चिम बङ्गाल भारतको अभिन्न अङ्गको रूपमा रहिरहनेछ।

प्रधानमन्त्रीले डा. श्यामा प्रसाद मुखर्जीको योगदानलाई स्मरम गर्दै भने, पश्चिम बङ्गाललाई भारतको अङ्ग बनाइराख्नमा उनको अमूल्य योगदान रहेको छ। वर्ष 2026-मा डा. मुखर्जीको 125औं जयन्ती मनाइनेछ। प्रधानमन्त्रीले केन्द्र अनि पश्चिम बङ्गाल सरकारको संयुक्त प्रयासबाट राज्यका मानिसहरूको आकाङ्क्षालाई पूरा गर्ने कुरा समेत गरे।

केन्द्रिय गृहमन्त्री अमित शाहले पश्चिम बङ्गाल दिवसमा राज्यवासीहरूलाई शुभकामना दिँदै भने, बङ्गालले आफ्नो समृद्ध संस्कृति, अध्यात्म, ज्ञान, विज्ञान, भक्ति आन्दोलन, स्वतन्त्रता सङ्ग्राम औ पुनर्जागरणको माध्यमबाट राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभाएको छ। उनले स्वामी विवेकानन्द, बङ्किमचन्द्र चट्टोपाध्याय, रवीन्द्रनाथ टैगोर, सुभाष चन्द्र बोस र श्यामा प्रसाद मुखर्जीलाई बङ्गालको गौरवशाली परम्पराका प्रमुख व्यक्तिहरूको रूपमा स्मरण गरे।

रक्षा मन्त्री राजनाथ सिंहले भने, पश्चिम बङ्गाल दिवस राज्य, राज्यवासी तथा संस्कृतिको भारतको प्रगतिमा योगदानलाई स्वीकार गर्ने अवसर हो।उनले राज्य समृद्ध, विकसित औ प्रेरणादायी बन्ने कामना गरे।

सीएम शुभेन्दु अधिकारीले 20 जूनलाई पश्चिम बङ्गालको इतिहासको अत्यन्त महत्वपूर्ण तथा बङ्गालीहरूको भविष्य निर्धारण गर्ने दिन बताए। उनले दाबी गरे, कैयौं दशकपछि पहिलो पटक राष्ट्रवादी सरकारले ऐतिहासिक घटनाक्रलाई मान्यता दिँदै पश्चिम बङ्गाल दिवसलाई आधिकारिक रूपमा मनाएको छ।

उनले डा. श्यामा प्रसाद मुखर्जीलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, बङ्गाली समाज उनीप्रति सदैव ऋणीरहनेछ। उनले भने, डा. मुखर्जीको दूरदर्शिता नभएको भए आज भारतको मानचित्रमा पश्चिम बङ्गालको राज्यको नाम हुँदैनथ्यो।

प्रदेश भाजपा अध्यक्ष शमिक भट्टाचार्यले भने, 20 जून क्यालेण्डरको एउटा तारिक मात्र होइन, पश्चिम बङ्गालको आत्मसम्मानको रक्षा गर्ने दिन हो। उनले मानिसहरूसित राज्यको इतिहासलाई जान्ने, सत्यलाई स्मरण गर्ने तथा पश्चिम बङ्गालको पहिचानको धरोहरलाई गर्वको साथमा भावी पिँढ़ीसम्म पुऱ्याउने आह्वान गरे।

केन्द्रिय मन्त्री सुकान्त मजुमदारले पनि प्रदेश भाजपा मुख्यालय साल्ट लेकमा डाक्टर श्यामा प्रसाद मुखर्जीलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, भारतमा पश्चिम बङ्गाललाई कायम राख्न तथा बङ्गालीहरूको लागिा हिन्दू होमल्याण्डको आधार राख्नमा डाक्टर मुखर्जीको भूमिका सबैभन्दा महत्वपूर्ण रहिआएको छ। तर बङ्गालका पूर्ववर्ती सरकारहरूले उनको योगदानलाई कहिले मानिसहरूको माझमा ल्याएन जुन दुर्भाग्यको कुरा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande