
कोलकाता, 20 जून (हि.स.)। पश्चिम बङ्गालका मुख्यमंत्री शुभेन्दु अधिकारीले शनिवार 20 जूनलाई राज्यको इतिहासको अत्यन्त महत्वपूर्ण तथा बङ्गालीहरूको भविष्य निर्धारण गर्ने दिन बताए। उनले भने, उनको सरकारले ऐतिहासिक घटनाक्रमलाई पूर्ण मान्यता दिँदै पहिलो पटक आधिकारिक रूपमा पश्चिम बङ्गाल दिवस मनाइरहेको छ।
मुख्यमन्त्रीले साेशल मीडिया प्लेटफर्म एक्समा राज्यवासीहरूलाई शुभकामना दिँदै भने, पश्चिम बङ्गाल गठन भएको वास्तविक इतिहासलाई त्यसको उचित स्थाना स्थापित गर्नु सरकारको प्रतिबद्धता हो। उनले भने, 20 जून बङ्गालको आत्मसम्मान र पहिचानसित जोड़िएको छ।
शुभेन्दु अधिकारीले भने, केही दशकपछि डा. श्यामा प्रसाद मुखर्जीका आदर्शहरूबाट प्रेरित भएर सरकारलले पश्चिम बङ्गाल दिवसलाई औपचारिक रूपमा मनाइरहेको छ। उनले आरोप लगाए, पूर्ववर्ती सरकारहरूले आफ्नो राजनीतिक हित अनि तुष्टिकरणको राजनीतिले गर्दा यस दिनकोो महत्वलाई दबाउने प्रयास गरे।
उनले भने, बङ्गालको आत्मपहिचानको सङ्घर्षलाई इतिहासका पृष्ठहरूबाट मेटाउने चेष्टा गरियो ताकि मानिसहरूले आफ्नो जड़ा अनि पश्चिम बङ्गालको गठनमा योगदान दिने वास्तविक नायकहरूलाई भुल्न सकुन्। मुख्यमन्त्रीले दाबी गरे, उनको सरकारले यस ऐतिहासिक भुललाई सुधार गर्दै बङ्गालको वास्तविक इतिहासलाई उचित सम्मान दिएको छ।
डा. श्यामा प्रसाद मुखर्जीलाई श्रद्धाञ्जली दिँदै मुख्यमन्त्रीले भने, बङ्गाली समाज उनीप्रति सदैव ऋणी रहनेछ। उनले भने विभाजनकालमा अविभाजित बङ्गाललाई पाकिस्तानमा सामेल गर्ने योजनाको विरोधमा डा. मुखर्जीले निर्णायक भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्व, आन्दोलन तथा दूरदर्शिताको कारणले पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग भयो।
उल्लेखनीय छ, 20 जून, 1947-मा बङ्गाल विधानसभाले भिन्नै प्रान्त गठनको पक्षमा मतदान गरेको थियो। त्यसपछि भारत विभाजन हुँदा पश्चि ब ङ्गालको गठनको मार्ग प्रशस्त भयो। पश्चिम बङ्गाल दिवसको आधिकारिक आयोजनलाई लिएर राज्यमा पछिल्ला वर्षहरूदेखिकै राजनीतिक बहस हुँदै आाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा