खरसाङको घैयाबारीमा नेताजी हाई स्कूलमा पश्चिम बङ्ग दिवस कार्यक्रम सम्पन्न
खरसाङको घैयाबारीमा नेताजी हाई स्कूलमा पश्चिम बंग दिवस कार्यक्रम सम्पन्न


खरसाङ, 20 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत घैयाबारीस्थित नेताजी हाई स्कूलमा आज पश्चिम बङ्ग दिवस पालन गरियो। सरकारद्वारा घोषित यस कार्यक्रममा विद्यालयका नानीहरुले विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरु साहिल सुनारले बंगाल दिवस सम्बन्धी निबन्ध प्रस्तुत गरेका थिए। यसरी नै नानीहरुले नृत्य, हिन्दी अनि नेपाली कविता, सामुहिक गीतहरु प्रस्तुत गरे। कार्यक्रममा चित्र प्रतियोगिता अनि क्विज प्रतियोगिता पनि आयोजना गरिएको थियो। साथै, विद्यालयका शिक्षिक शिक्षिकाहरुले पनि सामुहिक गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा नेताजी हाई स्कूलका प्रधान अध्यापक दिनेश प्रधानले पश्चिम बङ्ग दिवस किन पालन गरिएको हो भन्ने विषयमा आफ्नो वक्तव्य राखेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande