
खरसाङ, 20 जून (हि.स.)। खरसाङको वार्ड नम्बर 2 मा रहेको प्रगति गाउँ प्रगति संघ टेकवीर बस्तीको कार्यकारिणी सदस्यहरूको सभा आफ्नो निजी समाज घरमा सम्पन्न भयो। सभाको अध्यक्षता उप-सभापति सुजय गुरुङले गरेका थिए।
सभा आयोजन गर्नुको मुख्य विषय समाजका सभापतिले आफ्नो निजी कारणवश पदबाट राजीनामा दिएपछि छलफल गर्नु रहेको थियो। सभामा उपस्थित सम्पूर्ण कार्यकारिणी सदस्यगणको सर सल्लाह अनि पूर्ण सहमतिमा सभापतिको राजीनामा पत्र ग्रहण गरियो। सभापतिको राजीनामा पत्र ग्रहण पश्चात समाजको संविधान अनुसार उपस्थित सदस्यहरुले चुनाउ प्रक्रिया अनुसार नयाँ सभापति सुजय गुरुङलाई निर्वाचित गरियो। साथै, बिपेन्द्र राईलाई कार्यकारिणी सदस्य मनोनित गरियो।
नयाँ निर्वाचित समाजको सभापति र कार्यकारिणी सदस्यलाई उपस्थित सदस्यहरूले बधाई साथै शुभेच्छा शुभकामना व्यक्त गरे। पूर्व सभापति भेलारियन जर्ज लेप्चालाई उनले समाजप्रति दिएको योगदानको निम्ति कृतज्ञतासहित धन्यबाद प्रकट गरिएको मूल सचिव बिरबल पाख्रीनले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक