एसकेएमले पूर्णकुमार तामाङमाथि जोरथाङमा भएको आक्रमणको निन्दा गऱ्यो
skm


गान्तोक, 20 जून (हि.स.)। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पूर्णकुमार तामाङ उर्फ ​​मिस्टर जोजोमाथि 19 जुलाईको राति दक्षिण सिक्किमको जोरथाङमा भएको कथित आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। एसकेएम उक्त घटनालाई गम्भीर चिन्ताका साथ संज्ञानमा लिॅंदै सिक्किममा कुनै पनि प्रकारको हिंसाको लागि कुनै स्थान छैन भनी दोहोऱ्याएको छ।

एसकेएम पार्टीले आज जारी एक प्रेस विज्ञप्तिमा अहिलेसम्म भएका घटनाक्रमहरूको बारेमा जानकारी प्राप्त गर्न पार्टीले जोरथाङका एसएचओसॅंग सम्पर्क गरिसकेको बताएको छ। यस विषयमा एफआईआर दर्ता गरिएको र पुलिसले आफ्नो जॉंच शुरु गरिसकेको जानकारी पार्टीलाई गराएको बताइएको छ।

एसकेएमले कानूनमाथि पूर्ण विश्वास व्यक्त गर्दै पुलिसलाई घटनाको पूर्ण र निष्पक्ष जॉंच गर्न तथा यस घटनाका जिम्मेवार व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरेर न्यायको कठघरामा उभ्याउने आग्रह गरेको छ। साथै, एसकेएमले पीडित तामाङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस कठिन समयमा उनीलगायत उनको परिवारलाई सहयोगको आश्वासन दिएको छ।

उल्लेखनीय छ, पूर्णकुमार तामाङ उर्फ ​​मिस्टर जोजोमाथि 19 जुलाईको राति दक्षिण सिक्किमको जोरथाङमा आक्रमण भएको घटना प्रकाशमा आएको छ। आक्रमण गर्ने व्यक्तिहरूको पहिचान हुन सकेको छैन। हाल तामाङ अस्पतालमा उपचाराधीन रहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande