सोनादा क्षेत्रमा एउटा ट्रक दुर्घटनाग्रस्त
सोनादा क्षेत्रमा एउटा ट्रक दुर्घटनाग्रस्त


सोनादा, 20 जून (हि.स.)। सोनादा बजारदेखि केही पर राष्ट्रिय राजमार्ग 110 मा रहेको दम दम ट्राफिक बुथ क्षेत्रमा शनिवार बिहान माजदा ट्रक दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाग्रस्त ट्रक सडकबाट लगभग 100 मिटर तल झरेको छ। दुर्घटनामा चालकलाई सामान्य चोट लागेको बताइएको छ।

यस दुर्घटनालाई लिएर गरिएको छानबिनमा ट्रक चालक निदाएपछि गाडी सडकदेखि तल झरेको थाहा लागेको छ। सोनादा ट्राफिक ओसीले जानकारी गराए अनुसार, ट्रक दुर्घटनाग्रस्त बनेको स्थानमा सोनादा पुलिस आउट पोस्टका ओसी, रात्रि भ्यान र फोर्स पुगेको साथै दार्जिलिङको अग्नि शमन केन्द्रका कर्मचारीहरु पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande